फ्रान्कफुर्टसँग रोकियो बार्सिलोना

काठमाडौँ- युइएफए युरोपा लिग फुटबल अन्तर्गत बिहीबार भएको क्वार्टरफाइनलको पहिलो लेगमा बार्सिलोना फ्रान्कफुर्टसँग १-१ गोल अन्तरले बराबरीमा रोकिएको छ ।
खेलमा पहिलो गोल घरेलु टोली फ्रान्कफुर्टले गर्याे । भ्रमणकारी टोली बार्सिलोनाले खेल बराबरी ल्याएको हो ।
४८औं मिनेटमा एन्स्गर नौफले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । ६६ औं मिनेटमा फेरान टोरेसले गोल गर्दै बार्सिलोनालाई बराबरी स्थितिमा ल्याए ।
खेलको ७८ औं मिनेटमा टुटाले रातो कार्ड पाएपछि फ्रान्कफुर्ट १० खेलाडीमा समेटिएको थियो ।
अब बार्सिलोना र फ्रान्कफुर्टबीचको दोस्रो लेग १५ अप्रिलमा बार्सिलोनाको मैदानमा नोउ क्याम्पमा हुनेछ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया