पलेशा र सिर्जनाले एसियन पारा गेम्स खेल्ने

काठमाडौँ- चीनमा सञ्चालन हुने हांग्जाउ २०२२ एसियन पारा गेम्समा नेपाली राष्ट्रिय पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन र सिर्जना घिसिङले खेल्ने निश्चित भएकाे छ । खेल सन् २०२२ अक्टोबर ९ देखि १५ तारिखसम्म हुनेछ ।
विश्व तेक्वान्दो महासंघको पत्र अनुसार पलेशागोवर्धन विश्वको नवाैँ रङ्किङ र सिर्जना घिसिङ विश्वको १०औं रङ्किङ बरियतामा रहेकोले वाइल्डमार्फत हांग्जाउ २०२२ एसियन पारा गेम्स खेल्ने निश्चित गरेको पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले जनाए ।
पलेशा गोवर्धन टोकियो ओलम्पिकमा दुई फाईट जित्ने र एशियन युथ गेम्समा स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् । सिर्जना घिसिङले एशियन युथ गेम्स र डब्लु टी प्रसिडेन्ट कप एसियन रिजनमा रजत पदक जितेकी थिइन् । प्रशिक्षक लामाका अनुसार हांग्जाउ २०२२ एसियन पारा गेम्सबाट नेपालले पदक ल्याउने ठूलो आशा रहेको बताए ।

२५ औँ अन्तर्राष्ट्रिय फुल कन्ट्याक्ट प्रतियोगिता ‘लक्मल्स च्यालेञ्ज-२०२५’ मा नेपालला…

मार्भल टेक्नोप्लास्ट सुदूरपश्चिचम रोयल्सको एक्सिलेन्स पार्टनर

बेंगलुरुको चिन्नास्वामी स्टेडियम आइपीएल खेलाउन प्रतिबन्ध
यु–२० च्याम्पियनसिपमा सहभागी नेपाली टोली स्वदेश फिर्ता

संस्कृति र खेलकुदको सङ्गम : लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

जित्नैपर्ने दबाबबीच नेपाली महिला फुटबलर बंगलादेशसँग भिड्दै

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

प्रतिक्रिया