बाजुरामा ४ वैशाखबाट टाइफाइडविरुद्धको खोप

बाजुरा- बाजुरामा ४ वैशाखदेखि ८ वैशाखसम्म टाइफाइडविरुद्धको खोप लगाइने भएको छ । देशभर आजदेखि १८ वैशाखसम्म खोप अभियान सञ्चालनमा आए पनि बाजुरामा ढिलाेगरी अभियान सुरु हुने भएको हाे ।
स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दायकृष्ण पन्तका अनुसार खोप अभियान सञ्चालन गर्न जनशक्ति परिचालन, तालिम तथा खोप केन्द्रको तयारी भइसकेको छ ।
बाजुरामा १५ महिनादेखि १५ वर्ष सम्मका ५९ हजार ३८ जना बालबालिकालाई खोप लगाउने तयारी भएको छ । नेपालमा पहिलो पटक बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन लागिएको हो ।
खोप केन्द्र स्वास्थ्य संस्था र विद्यालयमा राखिने भएको छ । जिल्लाका ३ सय ४८ ठाउँमा रहेका खोप केन्द्रमा ३ सय ४८ स्वास्थ्यकर्मी र ६ सय ७६ स्वयंसेवक परिचालन हुने जनाइएको छ ।

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

प्रतिक्रिया