म्यानचेस्टर सिटीमाथि तीन वर्षदेखि छानविन भइरहेको खुलासा

काठमाडौँ- इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीमाथि नियम उल्लंघन गरेको विषयमा छानविन भइरहेको छ । प्रिमियर लिगले विगत तीन वर्षदेखि सिटीमाथि अनुसन्धान गरिरहेको जर्मनीको डेर स्पाइजेल पत्रिकलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
छानविन युवा खेलाडीहरूलाई अवैधरुपमा भुक्तानी गरेको, प्रायोजन सम्झौता बढाएर गरेको तथा पूर्व प्रशिक्षकहरुलाई लुकाएर तलब भुक्तानी गरेको विषयमा केन्द्रित रहेको छ । डेर स्पाजेलले भने पत्रकारहरुको सञ्जाल युरोपियन इन्भेस्टिगेटिभ कोलाबोरेसन्ससँग मिलेर गरेको छानविननै प्रकाशित गरेको छ ।
यसले प्रिमियर लिगबाट भइरहेको तीन वटै छानविनको विषयको बारेमा विस्तारमा विवरणहरू प्रकाशित गरेको छ । तर प्रिमियर लिग र सिटीले भने यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।
यता डेर स्पाइजेलले सिटीले युवा खेलाडीहरुलाई नियमको उल्लंघन गरी मौद्रिक भुक्तानीमार्फत म्यानचेस्टर सिटीसँग सम्झौता गर्न दबाब दिएको उल्लेख गरेको छ ।
उक्त पत्रिकाले दाबी गरे अनुसार अबुधावीका क्लबका प्रायोजकले उक्त सम्झौता रकमको केही भाग क्लबलाई दिएर बाँकी आफै राखेका थिए ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया