आफ्नो अभिनयको समीक्षा नगर्न यामीको आग्रह

मुम्बई - यामी गौतमको ‘दसवीँ’ बिहीबारबाट ओटिटी प्लेटफर्ममा रिलिज भयो । अभिषेक बच्चनको समेत अभिनय रहेको फिल्मले समीक्षकबाट ठन्डा समीक्षा पाइरहेको छ । यही क्रममा जब यामीले आफूलाई लक्षित गरी लेखिएको समीक्षा पढिन्, सदा हँसिली यी अभिनेत्रीको पारो चढ्यो । उनले ट्वीटरमा समीक्षामा आफू लक्षित अनुच्छेदको स्क्रिनसट राख्दै आइन्दा आफ्नो अभिनयको समीक्षा नगरिदिन आग्रह गरेकी छिन् ।
फिल्म कम्पेनियनमा गरिएको समीक्षामा समीक्षकले यामी गौतमको उपस्थितिलाई लक्षित गर्दै लेखेका छन्, ‘ यामी गौतम अब हिन्दी फिल्ममा बितेकी गर्लफ्रेन्ड रहिनन् तर पनि उनको मुस्कान बारम्बार देखाइन्छ ।’
उनले लगातार चार ट्वीट गर्दै आफू रचनात्मक आलोचनाको पक्षमा रहेको भए पनि तर कुनै प्लेटफर्ममा आफूलाई तुच्छ देखाउन बारम्बार कोशिस गरिन्छ भन्ने चुप नलाग्ने बताएकी छिन् ।
‘ म जस्तो आफ्नै मेहनतले बनेको कलाकारले हरेकचोटि आफूलाई प्रमाणित गर्नुपर्छ । त्यसका बावजुद पनि यस्तो सामना गर्नुपर्छ,’ उनले फिल्म कम्पेनियनलाई उद्धृत गर्दै लेखेकी छिन्, ‘अब आइन्दा अनुरोध गर्छु मेरो अभिनयको समीक्षा नै नगर्नुस् । मेरो लागि यो सम्मानजनक र कम दुःखदायी हुनेछ ।’

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया