ओटिटीमा डेब्यू गर्दै जेम्स बन्ड, पहिलोदेखि पछिल्लोसम्म प्राइममा आउँदै

लसएन्जल्स - आजसम्म हलबाहेक कतै पनि सार्वजनिक नभएका जेम्स बन्ड सिरिजका फिल्म पहिलो पल्ट ओटिटीमा सार्वजनिक हुने भएका छन् । जेम्स बन्ड सिरिज निर्माता एमजीएमले अमेजन भिडियोसँग गरेको सम्झौताका आधारमा ती फिल्म प्लेटफर्ममा उपलब्ध हुन लागेका हुन् ।
एमजीएमले आफूले निर्माण तथा वितरण गरेका ४ हजार बढी फिल्म र १७ हजार बढी टीभी सिरियल अमेजनको प्राइम भिडियोलाई उपलब्ध गराएको हो । सम्झौताअनुसार बन्डको पहिलो फिल्मदेखि हालै रिलिज भएको ‘नो टाइम टु डाई’सम्म प्राइममा पाइनेछन् । प्राइमका उप निर्देशक माइक हप्किन्सले यही अप्रिलको १५ देखि दर्शकले जेम्स बन्ड सिरिजका फिल्म हेर्न सकिने जानकारी गराएका छन् ।
तथापि प्राइमले जेम्स बन्ड फिल्म सीमित समयका लागि हेर्न पाइने जानकारी गराएको छ । तर कहिलेदेखि कहिलेसम्म भन्ने चाहिँ खुलाएको छैन । माइकले एमजीएमको सय वर्ष पुरानो कथा वाचनको इतिहास दुनियाँका दर्शकलाई उपलब्ध गराउने सोचसहित फिल्म तथा सिरिज ओटिटीमा राख्ने निर्णय गरेको बताएका छन् । बन्ड सिरिजको २५ औँ फिल्म ‘नो टाइम टु डाई’ ८ अक्टोबरमा विश्वभर रिलिज भएको थियो ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया