अभिनेता गजित बिष्टलाई विराटनगर महानगरपालिकाको सम्मान

काठमाडौँ - अभिनेता तथा निर्माता गजित बिष्टलाई विराटनगर महानगर पालिकाले सम्मान गरेको छ । विराटनगरले महानगरपालिकाको सांस्कृतिक सल्लाहकारको रुपमा रही गरेको गरेको योगदानका लागि सम्मान गरेको हो । महानगरले सल्लाहकारसँगै नेपाली चलचित्र, गीत संगीतको श्रीवृद्धिमा खेलको भूमिकाको मूल्याङकन गर्दै उनलाई सम्मान दिइएको हो ।
विराटनगर महानगरपालिकाका नगर प्रमुख भीम पराजुलीले आफ्नो कार्यकक्षमा आयोजित एक समारोहका बीच बिष्टलाई खादा, फूलमालासहित सम्मानपत्र प्रदान गरे । विष्ट लामो समयदेखि चलचित्र निर्माण, अभिनय र मोडलिङमा क्रियाशील रहँदै आएका छन् ।
‘मायाज बार’ शीर्षकको फिल्मबाट अभिनयमा प्रवेश गरेका बिष्टले ‘लभ यु बाबा’ ‘हैरान’ आदि फिल्म निर्माण गरेका छन् । भर्खरै डान्स च्याम्पियनको निर्देशन गरेका बिष्टले चाँडै नयाँ फिल्म निर्माणको काम अगाडि बढाउने जानकारी गराएका छन् ।
गजितले विराटनगरबाटै कलाकारिता सुरु गरेका हुन् । कोरियोग्राफर र मार्सल आर्ट खेलाडीको रुपमा करिअर सुरु गरेका गजितले मैतिदेवीमा ‘डान्स फिभर’ नामको नृत्य स्कुल पनि चलाउने गरेका छन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया