दृष्टिकोण परिर्वतन गरेपछि मात्रै कर्णाली समृद्ध बनाउन सकिन्छ
बाँके र बर्दियाले गर्दा कर्णालीमा फेरि टुक्की बाल्नु परिरहेको छ’

संघीयता कार्यान्वयनमा स्थानीय तहका जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल सकिन लागेको छ । स्थानीय तह र संघीय सरकार जोड्ने सेतुका रुपमा स्थापित प्रदेश सरकार तीन तहलाई जोड्नेभन्दा आफैँ जोडिन मुश्किल छ । सत्ताको रस्साकस्सीमा अल्झिएका प्रदेश सरकारमा कर्णाली पनि पर्छ । विकासका सबै पूर्वाधारमा पछाडि परेको र विकासका सूचकमा पनि कठिन मोडमा रहेको कर्णाली पछिल्ला चार वर्षमा सन्तोषजनक ढंगले अघि बढेको देखिदैन । त्यसमाथि राष्ट्रिय अर्थतन्त्र नै धरापमा परेका बेला कर्णालीको अर्थतन्त्रको अवस्था झन् नाजुक छ । अहिले पनि पुर्वाधार निर्माण गर्न संघीय सरकारकै भरमा पर्नुपर्ने बाध्यतामा रहेको कर्णाली प्राकृतिक स्रोत साधनको पहुँचमा भएपनि प्रयोगमा खरो उत्रिन सकेको छैन । जलस्रोत, पर्यटन र कृषिमा प्रचुर सम्भावना बोकेको कर्णालीको अर्थतन्त्र सम्भावनामै सीमित रहेपनि नेता तथा मन्त्रीको आश्वासनमुखी भाषण भने झन् झन् चर्किदो छ । नेपालको जलविद्युत विकासमा कायापलट गर्ने महत्वाकांक्षी योजना बोकेको एमसीसी परियोजनाले पनि कर्णालीमा खासै प्रभाव पार्ने देखिदैन । त्यो भन्दा डरलाग्दो कर्णालीका नेताहरुको मानसिकता र केन्द्रबाट कर्णालीप्रति हेरिने दृष्टिकोण फेरिन सकेको छैन । यस्तोमा समृद्ध कर्णालीको सपना बोकेको कर्णाली प्रदेश सरकारको वर्तमान अर्थतन्त्रको अवधारणा र आगामी योजना के कस्ता छन् त ? सुर्खेतमा कर्णालीका आर्थिक मामिला तथा योजना विकासमन्त्री बिन्दमान बिष्टसँग इकागजका लागि विष्णु विवेक र जितेन्द्र थापाले गरेको कुराकानीको सम्पादित अंशः
राष्ट्रिय अर्थतन्त्र संकटमा परेका बेला कर्णाली प्रदेशको आर्थिक अवस्था कस्तो अवस्थामा छ ?
कर्णाली काठमाडौँको दृष्टि नपुगेको प्रदेशको राजधानीका रुपमा पनि परिचित छ । पुर्वाधार निर्माणको क्षेत्रमा पनि हामी अत्यन्त पछि छौँ । जसको कारण आर्थिक गतिविधि बढाएर लिन्छ । हुम्लालाई अहिलेसम्म हामीले राष्ट्रिय राजमार्गमा जोड्न सकेका छैनौँ । ती जिल्लाका सबै ठाउँ यातायातको पहुँचमा आउन सकेका छैनन् । विद्युतीकरणका रुपमा हेर्दा पनि ३५ प्रतिशत मात्र विद्युतको पहुँचमा पुगेका छन् । सडक संजालको अवस्था पनि उस्तै छ । विकासको जे अवस्था छ त्यो अवस्थाबाट हेर्दा आर्थिक गतिविधि प्रचुर मात्रामा छन् भन्ने अवस्था छैन । अर्को जनताको अवस्था पनि दयनीय नै छ । त्यो कुरा डाटाले देखाएको छ । गरिबी, अशिक्षा, भोकमरीका रुपमा चिनिने गरेको कर्णाली सोझै भन्दा जहाँको त्यही जस्तो देखिन्छ । यही अवस्थाको बीचबाट अवस्थालाई सुधार गरेर अगाडी बढ्ने पर्यत्न हामीले गरिरहेका छौँ ।
कर्णाली काठमाडौँका कारण गरिब बनाइयो भन्ने आरोप लगाउनुहुन्छ, प्राय भनिरहनु पनि हुन्छ, अब प्रदेश सरकारकै नेतृत्वमा धनी बनाउने योजना के के बनाउनु भएको छ ?
प्रदेश सरकार बनिसकेपछि हामीले रोजगारी सिर्जना गर्ने, आर्थिक अवस्थालाई सुधार गर्ने र जनताको आर्थिक अवस्था परिर्वतन ल्याउने उद्देश्यले काम गरिरहेका छौँ । खास गरि प्रदेशमा जुन उपलब्धता छ, त्यसैमा टेकेर अगाडी बढ्ने प्रयास ग¥यौँ । जस्तो वन क्षेत्रको जडीबुटी सम्बन्धी कामहरुलाई व्यवस्थित गर्न अगाडि बढ्यौँ । यो वर्षको कार्यक्रममा राखेर हामीले यसलाई जडिबुटी प्रशोधन गर्ने र त्यसलाई मार्केटिङ गर्ने उद्धेश्यसहित त्यो कामलाई अगाडि बढाएका छौँ । कृषिमा पनि हाम्रो प्रदेशलाई अर्गानिक प्रदेशका रुपमा परिणत गराउन सक्छौँ । अन्य प्रदेशमा रासायनिक मलको चरम मात्रामा प्रयोग भइरहेको छ तर, हाम्रो प्रदेशमा गर्नुहुन्न भन्ने उद्देश्य भन्दा पनि उपलब्धताको कमीले गर्दा रासायनिक मलको कम प्रयोग भएको छ । यस्लाई हामीले योजनाबद्धरुपमा अर्गानिक क्षेत्रका रुपमा विकास गरेर लैजान हामीलाई अनुकुलता छ । त्यसकारणले प्रदेशले अर्गानिक प्रदेशका रुपमा विकास गर्ने र यहाँबाट कृषि उत्पादनमा अर्गानिक गरेर बजारमा पठाउने हो भने रोजगारीका अवसर सिर्जना हुन सक्छन् भनेर यतातिर सोझिएका छौँ । त्यसपछि पर्यटकीय दृष्टिकोणले हेर्दा हामीसँग रारा, फोक्सुण्डोदेखि पानी माथि आगो बल्ने दैलेखको ज्वाला लगायत तमाम ठाउँहरु छन् । अरु थुप्रै पर्यटकीय सम्भावना बोकेका ठाउँहरु पनि रहेका छन् । यति मात्र होइन हामीसँग विभिन्न पाटनहरु छाँगा छहराहरुलाई पर्यटकीय अवसरका रुपमा व्यवस्थित गरेर रोजगारी सिर्जना गर्न सकिन्छ । यसको लागि पनि हामीले कार्यक्रम राखेका छौँ ।
तपाई अर्थमन्त्री भएपछि कर्णालीको पूर्वाधार विकास निर्माणमा कसरी अगाडि बढ्दै हुनुहुन्छ ? त्यो पनि बजेटको हकमा ?
पुर्वाधारको मुलभुत रुपमा सडक सन्जालकै कुरा हो । हामीले हाम्रो कर्णाली प्रदेश राजधानीबाट सुदुरपश्चिमको चिसापानी जोड्ने गरी एउटा बाटोको काम गरिरहेका छौँ । जसले सुदूरपश्चिम प्रदेशलाई पनि जोड्छ । त्यस्ले मुलभुत रुपमा भारतको नाकालाई पनि जोड्छ । छोटो दुरीका रुपमा हामीले यो काम गरिरहेका छौँ । अर्को कर्णाली करिडोर, भेरी करिडोरको कामहरु भइरहेका छन् । त्यस्लाई व्यवस्थित र छिटोछरितो गर्न हामीले दबाब सिर्जना गरिरहेका छौँ । जिल्ला सदरमुकामबाट जो प्रदेश राजधानी सडक सन्जालको अभाव छ, हुम्ला र डोल्पाबाहेकको अरु जिल्लाबाट प्रदेश राजधानी जोड्नको लागि यी कामहरुलाई अगाडि बढाएका छौँ । रुकुम पश्चिमको सदरमुकामबाट प्रदेश राजधानी जोड्ने । सल्यान सदरमुकामदेखि प्रदेश राजधानी जोड्ने यी ठाउँहरुमा काम भइरहेको छ । त्यसपछि प्रदेश राजधानी सुर्खेतबाट छोटो दुरीमा बर्दियाको भुरी गाउँसम्म जोड्न तेलपानीदेखि तल्लो भु–भाग आरक्ष र अर्को प्रदेशको काम भइरहेको छ । हाम्रो प्रदेशको हिसाबले हेर्दा सुर्खेतदेखि तेलपानीसम्मको खण्डमा हामीले कामहरु गरिरहेका छौँ । यी सबै ठाउँबाट अन्तर प्रदेशका हिसाबले र विभिन्न जिल्लाको हिसाबले पनि प्रदेश राजधानीलाई जोड्नका लागि कामहरु भइरहेका छन् ।
हुम्ला यसै वर्ष राष्ट्रिय सडक सञ्जालसँग जोडिने सम्भावना कत्तिको छ ?
संघीय मन्त्रिपरिषद्मा यसैवर्ष हुम्लामा सडक पु¥याउने भन्ने बजेटमा उच्च प्राथमिकता दिएर सरकारले अगाडी बढाएकै छ । हामीले यहाँ भन्ने कुरा मात्र हो । किनकि संघीय सरकारको आयोजना भएका कारणले हामीले छिटो गर्नुस भनेर दबाब र आग्रह गर्ने भन्दा अरु विकल्प छैन । संघीय सरकारमा हरेक वर्ष यो वर्ष हुम्लामा मोटरगाडी पु¥याउने भन्ने हुन्छ । तर बजेट हेर्ने हो भने पुग्दो बजेट कहिले पनि राखिएको हुँदैन । थोरै बजेट राखेर मोटर गाडी हुम्ला पुग्दैनन् । त्यसैले हाम्रो काठमाडौसँगको असहमति वा विमति भनेपनि सन्तुष्टि भनेपनि के हो भन्दा कर्णालीलाई पर्याप्त मात्रमा बजेट विनियोजन गर्नुपर्छ । जुन नारामा सीमित छ । त्यसैले कर्णालीमा यो समस्या भइरहेको छ । विगतमा पनि त्यही भयो । आज पनि त्यही भइरहेको छ । कर्णालीलाई हेर्ने दृष्टिकोण परिर्वतन हुन सकेको छैन । यो दृष्टिकोट परिर्वतन हुन आवश्यक छ अनि मात्र भने र सोचेजस्तो कर्णाली बनाउन सकिन्छ । कर्णालीलाई आवश्यक पुग्दो बजेट विनियोजन नहुँदा कर्णालीका पुर्वाधार नहँुदा आर्थिक गविविधि बढेनन् । त्यसैले कर्णाली आत्मनिर्भर बन्न सकेन । कर्णाली विकास खाने प्रदेश हो भनेर भनिन्छ । माथिल्लो डोल्पामा ५० हजार बजेट दिएर कहिले विकास हुन्छ त ? यसरी कर्णालीलाई विकास खाने प्रदेश भनेर थोरै बजेट दिएर बदनाम गर्न पाइँदैन ।
स्थानीय तहको पाँच वर्षको कार्यकाल सकिदै गर्दा प्रदेश सरकारले संघ र पालिकालाई राम्रोसँग जोड्नका लागि समन्वय गर्न सकेन भन्ने आरोप छ नि ?
कर्णालीको नागरिक भएको नाताले संघीयता खासगरी कर्णालीलाई नै चाहिएको महसुस भइरहेको छ । अहिले जति मात्रमा स्रोत आएका छन् ती सबै संघीयता आएपछि मात्र आएका छन् । अहिले तीन तहका सरकार भएका कारण बाध्यकारी भएर स्रोत आएका छन् । स्थानीय तहमा आउने अनुदान, प्रदेशमा आउने अनुदानहरु दिनै पर्ने शीर्षकहरुमा रहेको हुन्छ । यो हिसाबले हेर्दा संघियता कर्णालीलाई नै आवश्यक रहेको देखिन्छ । हाम्रो संघीयता भनेको समन्वयात्मक संघीयता हो । स्थानिय, प्रदेश र संघको समन्वयकारी भूमिकाबाट हामीले कार्य अगाडि बढाउनुपर्ने हो । यसमा सबैको आ–आफ्नो तर्कहरु छन् । प्रदेशले संघ र स्थानीयसँग समन्वय गरेन भन्ने गुनासो होला । हाम्रो पनि कुरा के छ भने स्थानीयले जुनस्तरसम्म प्रदेशसँग समन्वय गर्नुपर्ने आवश्यक थियो । त्यति गरेन भन्ने गुनासो छन् । संघले प्रदेशलाई जुन स्तरसम्म विश्वास गरेर संवैधानिक रुपमा अधिकार प्रत्यायोजन गर्ने र कामलाई अगाडि बढाउनुपर्ने अवश्यकता थियो । त्यति गरेन भन्ने हाम्रो गुनासो छ । तर जो जसका जहाँ गुनासो भएता पनि यो पाँच बर्ष भित्रमा पाएका अनुभव सिकाई लिएर आगामी दिनमा थप व्यवस्थित गरेर, सहकार्य र समन्वय गरेर अगाडि बढ्नुपर्ने आवश्यकता सबैले बोध गर्नुपर्छ । यसलाई संस्थागत रुपमा समन्वयको ढाँचा, विधि के बनाउने भन्ने कुरालाई विकास गरेर लैजाने हो भने यसलाई थप प्रभावकारी बनाएर कार्य अगाडि बढाउन सक्छौँ । प्रदेश सरकार आफैमा एउटा नयाँ हुँदा केही कमजोरीहरु छन् । यसलाई हामी क्रमश अनुभवबाट शिक्षा लिदै सच्याउदै पूर्ण बनाएर जाने प्रतिबद्धता गर्छौँ ।
जलस्रोतको धनी कर्णाली प्रदेशमा सर्वसाधारण नागरिक टुक्कीका भरमा बस्नुपर्ने बाध्यता कहिलेसम्म हुन्छ ? राजधानी सुर्खेतमै पनि अघोषित लोडसेडिङ जारी छ ?
अपर कर्णाली लगायतका ठुला योजना हामीसँग सोधेर व्यक्तिगत रुपमा त जवाफ दिन सकिएला । तर प्रदेश सरकारको हैसियतले जवाफ दिने ठाउँमा छैनौँ । ठुला आयोजनाहरु संघीय सरकारले यस्को अध्ययन गरेर यस्को निर्माण अगाडी बढाउनुपर्ने हो । तर कर्णालीको सबैभन्दा दुःखद कुरा के छ भने प्रसारण लाइनको समस्या छ । प्रसारणलाइन नहुँदा निर्माण हुन लागेका आयोजनाहरु पनि प्रसारण लाइनका कारण रोकिने ढिलो हुने स्थिति बनिरहेको छ । १३२ केभीको प्रशारण लाइन त हामीले बनाउन सकिरहेका छैनौँ । कुरै उही हो, फेरी काठमाडौले कर्णालीलाई कसरी हे¥यो भन्ने । कर्णालीलाइ फेरी पनि टुक्की नै बाल्नुपर्ने भयो नि । अहिलेसम्म प्रसारण लाइन बन्दैन हामीले धेरै पटक पनि अनुरोध गरिसक्यौँ । बर्दिया राष्टिय निकुञ्जबाट आउने भन्दा पनि हामीले कैलालीबाट जोडाँै न पनि भनेका छौँ । कैलालीबाट जोड्दा सरल हुन्छ । कैलालीबाट पश्चिम सुर्खेत जोड्ने हो भने जंगलको समस्या पनि हुँदैन । प्रशारण लाइन नहुँदा आयोजनाहरु अगाडी बढ्न सकेका छैनन् । तर, पछिल्लो समयमा धेरै आयोजनाहरु अध्यन भएर अगाडी बढ्दा हामी पनि उत्साहित छौँ । कर्णालीको पानीको जुन स्रोत छ, त्यसलाई सदुपयोग गर्ने ठाउँमा अपर कर्णालीको कथा छ । जगदुल्ला, लगायत अन्य अध्यन भएर बसेका छन् । निकट भविष्यमै निर्माणको पक्रियामा जाने भएकाले कर्णालीको पानीको सदुुपयोग हुनेबेला आएको छ ।
तपाई कर्णाली प्रदेश सरकारको प्रवक्ता पनि हुनुहुन्छ, कर्णालीमा शिक्षा सुधारका योजनालाई प्रदेश सरकारले कसरी अगाडि सारेको छ ?
प्रदेश सरकारको तर्फबाट विद्यालय तहलाई केही पुर्वाधार निर्माण गर्नु बाहेक अरु गर्नुपर्ने संवैधानिक रुपमा केही देखिदैन । शैक्षिक क्षेत्र सुधारको लागि पहिलो कुरा विद्यालयको नक्सानकन गर्नुपर्छ । कतिपय ठाउँमा यस्ता विद्यालयहरु छन् । जुन आफन्तलाई जागिर खुवाउनकै लागि संचालन गरिएका हुन्छन् । त्यसपछि पुर्वाधार निर्माणमा जोड दिनुपर्छ । नेपाल सरकारको पनि नीति किन गलत छ भन्दा हरेका वर्ष ब्लक बाड्ने दुइ कोठे, चार कोठे बाड्छ । तेस्रो कुरा दरबन्दीमा ख्याल गर्नुपर्छ । पहिले नक्साङ्कन गर्ने घट्न पनि सक्छन् बढ्न पनि सक्छन् । त्यसपछि पुर्वाधार, दरबबन्दी फुलफिल गर्ने । तयसपछि रिजल्टको आधारमा शिक्षकहरुलाई किन पढाएनौँ भनेर कारबाही गर्ने । निजि स्रोतबाट राखेकाको पाँच हजार तलब छ पाँच वर्ष भइसक्यो त्यही पाँचहजार पनि उसले पाएको छैन । त्यस्तो व्यक्तिलाई किन पढाइनस् भनेर सरकारले प्रश्न गर्नेसम्म ठाउँ छैन । फेरी त्यही डालोमा थाइ शिक्षक पनि प¥यो । पाँच हजार लिएको छ पाँच वर्षसम्म तलब पाएको छैन । उसलाई केही भन्न मिल्दैन भन्न पनि केही आधार भेटनु प¥यो नि । त्यसलाई नभन्दा जो दरवन्दीवाला शिक्षक छ, त्यसलाई झनै केही भन्न मिल्दैन । यसरी शिक्षामा सुधार गर्न कसरी सकिएला ? त्यसले संघीय सरकारले पहिला त अधिकार र ऐन कानूनको कुरा टुंग्याउनुपर्छ ।
पश्चिम सुर्खेतमा सडकको अवस्था अहिले पनि नाजुक छ ? राम्रो बाटो बन्ने कहिले हो ? जुन तपाईको निर्वाचन क्षेत्र पनि हो ।
पश्चिम सुर्खेतको सन्दर्भमा सडक मुख्य कुरा हो । सुर्खेतदेखि गुटुसम्म टेण्डर भइसकेको छ । म पनि निर्वाचित भइसकेपछि अरु केही पनि नगरेर त्यही बजेट माग्ने । त्यो बाटो निर्माण नहुन्जेलसम्म अरुतर्फ ध्यान नदिएर अरु निर्वाचन क्षेत्रको पनि बजेट त्यही बाटोमा हालेर बाटो पिच गर्ने भन्ने मेरो उद्देश्य थियो र त्यही अनुसार छलफल पनि प्रारम्भ गरेको थिए । त्यसै बिचमा के भयो भने मदन भण्डारी राजमार्ग त्यही भएर जाने भनेपछि त्यसपछि झन राम्रो भयो । राष्टिय राजमार्ग भन्ने भएपछि हामील्े अरु काम गर्न सक्ने भयौँ भनेर अरु कामतिर लागियो । त्यो बाटोलाई बनाउन लागिएन किनकि मदन भण्डारी राजमार्गका रुपमा जाने भन्ने गएन । तर आजसम्म मदन भण्डारी राजमार्गको टेण्डर नै भएन । चार वर्ष भइसक्यो । टेण्डर नगरेपछि अहिले बराहताल गाउँपालिका भित्रको खण्ड प्रदेश सरकारले टेण्डर गरेको छ । सम्झौताको अन्तिम चरणमा छ । केही दिनपछि सम्झौता भएर निर्माण प्रक्रियामा जान्छ । त्यपछि पन्चपुरी नगरपालिकाको भित्रको खण्डमा सडक डिभिजनले टेण्डर गरेर सम्झौताको अन्तिम चरणमा छ । चौकुने गाउँपालिका भित्रको खण्ड बाँकी रहन्छ खास गरि मुख्य बाटोको हिसाबले मदन भण्डारी राजमार्गको आयोजनालाई टेण्डर गर्न भनेर आग्रह गरिरहेका छौँ ।

११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन, गत वर्षको भन्दा ८८ अर्ब बढी

बङ्गलादेशमा व्यावसायिक रूपमा विद्युत् निर्यात सुरुः मन्त्री खड्का

प्रधानमन्त्री ओलीसँग विश्व बैँकका प्रमुुख प्रशासकीय अधिकृतको शिष्टाचार भेट

यस वर्षको एसईई नतिजामा सुधार आउँछ : प्रधानमन्त्री ओली

नेपाल पर्वतीय पर्यटन आकर्षक गन्तव्यः मन्त्री राई

वित्त र मौद्रिक नीतिको समन्वयमार्फत अर्थतन्त्र सुधार गर्नुपर्नेमा जोड

नेपाल र साउदीबिच दुईवटा श्रम सम्झौता हुने

प्रतिक्रिया