आचारसंहिता लागू हुनुअघि नै सुदूरपश्चिम सरकारमा कांग्रेस सहभागी गरिने तयारी

कैलाली - सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसको सहभागी हुने गरि तयारी थालिएको छ । निर्वाचन आयोगले आज रातिदेखि चुनावी आचारसंहिता लागू गर्ने भएकाले त्यसअघि नै सरकारमा सहभागी हुने गरी गृहकार्य अगाडि बढेको हो।
आज नै आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, सामाजिक बिकास मन्त्री लालबहादुर खड्का र कृषि मन्त्री विनिता चौधरीलाई हटाएर कांग्रेसबाट नयाँ मन्त्रीका रुपमा कैलालीका डिल्ली राज पन्त, डोटीका भरत खडका र समानुपातिकबाट टेकबहादुर रैका नियुक्त गर्ने तयारी भइरहेको छ।
सुदूरपश्चिम सरकारमा सबैभन्दा ठूलो दल नेकपा एकीकृत समाजवादी रहेको छ । समाजवादीका १४ जना सांसद छन । त्यस्तै प्रमुख प्रतिपक्षी दलका रूपमा कांग्रेस रहेको छ । कांग्रेसबाट १२ जना सांसद छ्न् । त्यस्तै तेस्रो दलको रुपमा नेकपा माओवादी रहेको छ । माओवादीबाट मुख्यमन्त्री सहित ११ जना सांसद रहेका छन् ।

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

प्रतिक्रिया