आइतबार ०१ असार, २०८२
Sunday, June 15, 2025

सुदूरपश्चिममा कांग्रेसबाट ३ जना मन्त्री हुँदै, आजै सपथ

कैलाली– सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसबाट तीन जना आज मन्त्री बन्दैछन् । आज रातिबाट निर्वाचन आचारसंहिता लागू हुनुअगावै तीन जनाले सपथ लिनेछन् ।
सुदूरपश्चिम प्रदेश सभामा आन्तरिक मामिला तथा कानुन मन्त्रीमा संसदीय दलका नेतासमेत रहेका डा. रणबहादुर रावल, सामाजिक विकास मन्त्रीमा गोबिन्द बोहरा र राज्यमन्त्री टेक बहादुर रैका चयन हुँदैछन् ।