बारको अध्यक्षमा घिमिरे विजयी

काठमाडाैँ - नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहका अध्यक्ष गोपालकृष्ण घिमिरेको समूह विजयी भएको छ ।
अध्यक्षमा घिमिरे चार हजार ४७४ मत ल्याएर विजयी भएका छन् भने उनको प्रतिस्पर्धी प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहका अध्यक्ष विष्णुमणि अधिकारीले दुई हजार ९८९ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा सुरज खत्री, सुधीर कर्ण, हर्क रावल, वीरेन्द्र केसी, पशुपति भण्डारी, उत्तम आचार्य, तुलाराम गिरी र आशा राई विजयी भएका छन् । महासचिवमा अञ्जिता खनाल तीनहजार ६८२ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी केदार कोइरालाले दुई हजार ३४५ मत प्राप्त गरेका छन् ।
कोषाध्यक्षमा भरत रावत विजयी भएका छन् । सदस्यहरुमा विनिता नेपाली, किरणकुमारी साह, नरेशकुमार साह, नारायण दास राई, रुपबहादुर सारु, सीता पौडेल, मनिका खड्का र शर्मिला थापा विजयी भएका छन् । खुला सदस्यहरुमा भरतकुमार लकाई, देवीप्रसाद कोइराला, निर्भयराज पौडेल, सन्तोषकुमार राउत, गुणराज आचार्य र सन्तोष तिवारी विजयी भएका छन् ।
बारको यही चैत १९ गते काठमाडौँ केन्द्रसहित देशभर ३५ स्थानबाट शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको भए पनि मतगणना भने मङ्गलबार बिहानदेखि मात्र सुरु भएको थियो । बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्यहरु गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार ७०८ जना अधिवक्ता मतदाता रहेका थिए । तीमध्ये सात हजार ४२९ मत खसेको थियो ।

मध्यरातमा सर्वोच्चको फैसला : संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध परेको रिट …

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया