'हाम्रो विद्यालय म बनाउँछु' अभियान सुरु गर्दैछौँ : शिक्षामन्त्री पौडेल

काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘हाम्रो विद्यालय म बनाउँछु’ भन्ने अभियान सुरु गरिने बताएका छन् ।
दक्षिणकाली नगरपालिकास्थित सेतीदेवि माध्यमिक विद्यालयको वार्षिकोत्सव कार्यक्रममा मन्त्री पौडेलले आगामी वर्षदेखि यो अभियान सुरू गरिने बताए । उनले सार्वजनिक शिक्षा सुधार गर्न विद्यालयका प्रधानध्यापक र शिक्षकको मुख्य भूमिका हुने पनि उल्लेख गरे । 'हाम्रो परिवारको कुनै सदस्य बिरामी भएर अस्पताल लग्यौँ भने उसको जीवन डाक्टरको हातमा हुन्छ’, मन्त्री पौडेलले भने, 'आज सार्वजनिक विद्यालय बचाउने र सुधार्ने जिम्मा प्रधानध्यापक र शिक्षकको हातमा बढी छ ।'
उनले लोकसेवा आयोगको परीक्षा पास गरेका कर्मचारीको तलब र सेवा सुविधा शिक्षक सेवा आयोगको परीक्षा पास गरेका शिक्षकको भन्दा भिन्न रहेको बताउँदै एकै किसिमको बनाउने गरी पहल भइरहेको बताए । 'विद्यालय र शिक्षा प्रणाली सुधारको उद्देश्यसहित शिक्षकको सेवा सुविधा कर्मचारी सरहको बनाउने भनेका छौँ'’, उनले भने ।
सार्वजनिक विद्यालयको शिक्षा बिग्रियो भन्नुभन्दा पनि शिक्षण पेशालाई मर्यादित व्यवसायको रुपमा अघि बढाउनुपर्ने सुझाव दिँदै मन्त्री पौडेलले भने, 'पेशालाई मर्यादित बनायौँ भने शैक्षिक सुधार आफैँ हुन्छ ।'
शिक्षण पेशा नाफा कमाउने र तलब थाप्ने मात्र नभइ सेवा प्रदान गर्ने पेशा भएको उनको भनाइ छ । निजी शिक्षण संस्थाको उदाहरण दिँदै मन्त्री पौडेलले विद्यार्थी विद्यालयमा ल्याउन पढाइसँगै अभिभाककसँग नियमित छलफल र मेहनत पनि गर्नुपर्ने बताए ।

प्रभावकारी बन्दै सिक्दै कमाउँदै

अत्यधिक गर्मीले वीरगञ्ज महानगरका विद्यालय आज र भोलि बन्द

अत्यधिक गर्मीले इनरुवा र इटहरीका विद्यालयमा बिदा

गर्मी बढेपछि भरतपुरका विद्यालयमा तीन दिन बिदा

प्रधानमन्त्री ओलीद्वारा राजर्षि जनक विश्वविद्यालयका एक सय १४ विद्यार्थी दीक्षित

अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा

गणित र उद्यमशीलतालाई एकसाथ जोड्न 'इन्ट्रप्रेन्युल म्याथ' सुरू

प्रतिक्रिया