आइतबार ०१ असार, २०८२
Sunday, June 15, 2025

विद्यार्थीले गरे खाजा कटौती गरेर शैक्षिक सामग्री वितरण

काठमाडौँ - धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-७ स्थित चक्रेश्वरी आधारभूत विद्यालयका विद्यार्थीले खाजा खर्च कटौती गरे शैक्षिक सामग्री वितरण गरेका छन् ।  विद्यालयमा अध्ययनरत विद्यार्थीले खाजा खर्च बापत्‍को पैसा बचाएर साेही विद्यालयका विद्यार्थीलाई कापी, कलम, क्यालकुलेटर वितरण गरेका हुन् । 

१५० जना विद्यार्थीमध्ये विपन्न एवं जेहेन्दार २० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको सुजन बस्नेतले जानकारी दिए ‌।

विद्यार्थीलाई शिक्षा लिनका लागि केही सहयोग होस् भन्ने उद्देश्यले आफ्नो खाजाको रकम कटाएर सहयोग गरेको उनको भनाइ छ । विद्यार्थीलाई सहयोग गर्ने क्रमलाई निरन्तरता दिने उनले बताए ।