मंगलबार ०९ बैशाख, २०८२
Tuesday, April 22, 2025

एमएडब्लु वृद्धिले नेपालमा खोल्यो फोटनको सोरुम

काठमाडौं : नेपालका लागि फोटन मोटरको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि कमर्शियल भेहिकल प्रा.लि.ले ललितपुरको बालकुमारीमा फोटनको  सोरुम खोलेको छ । करिब २५ सय वर्ग फिटमा फैलिएको यो नयाँ ‘स्टेट–अफ–आर्ट’ सोरुमले नेपालमा फोटन ब्रान्डको ‘नयाँ अनि ठूलो सुरुवात’लाई संकेत गरेको कम्पनीले उल्लेख गरेको छ । 

विश्वस्तरीय सोरुमले ‘फोटन नेपालको अटोमोबाइल बजारमा बलियो आधारको स्थापना गर्न प्रतिबद्ध छ’ भन्ने देखाउँछ । नयाँ सोरुम नेपालमा फोटनको ‘बिग प्लान’अन्तर्गत स्थापना गरिएको हो । फोटनको नयाँ सोरुमलाई फोटन मोटर नेपालको फेसबुक, इन्स्टाग्राम र युट्युब च्यानलमा ‘लाइभ’ गरी भर्चुअल माध्यमबाट सार्वजनिक गरिएको थियो । 

‘आजको दिन हाम्रा लागि निकै रोमाञ्चक छ ।  त्यसैले, उहाँहरुको आत्मविश्वास बढाउन र उहाँहरुलाई उत्कृष्ट सेवा प्रदान गर्न हामीले यो आधुनिक सोरुम स्थापना गरेका हौं,’ एमएडब्लु ग्रुप अफ कम्पनिजका अध्यक्ष विष्णुकुमार अग्रवालले भने, ‘हामीले केही महिनाभित्रै २० हजार वर्ग फिटमा फैलिएको नयाँ स्टेट–अफ–आर्ट सर्भिस फेसिलिटी पनि निर्माण गर्दैछौं । यसबीच, हामीले इटहरी, नेपालगञ्ज र बुटवलमा पनि सर्भिस तथा स्पेयर्स सेन्टर खोल्दैछौं । यसका साथै ग्राहकलाई सर्वोत्कृष्ट सेवा दिनका लागि देशभर १२ वटा आधिकारिक सर्भिस सेन्टरको स्थापना गर्दैछौं ।’  

फोटनको नयाँ सोरुमले फोटनका कमर्शियल भेहिकलमा रुची भएकाहरुका लागि ‘शप विन्डो’को काम गर्नेछ । ‘अब ग्राहकले फोटनका उत्पादन एउटै ठाउँमा हेर्नुका साथै बेस्ट सेल्स कन्सल्ट्यान्टहरुबाट परामर्शका साथै फोटन ब्रान्ड र नेपालमा उसको भावी योजनाबारे जानकारी पाउनसक्नुहुनेछ,’ एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले भने, ‘हामी हाम्रा ग्राहकलाई नयाँ सोरुमा स्वागत गर्न व्यग्र छौं ।’