भुवन केसीेले खण्डन गरे काठमाडौँको मेयरमा उठ्ने चर्चा

काठमाडौँ- अभिनेता भुवन केसीले काठमाडौँको मेयरमा उम्मेद्वारी दिने कुराको खण्डन गरेका छन् । उनले शनिबार फेसबुकमा एक स्ट्याट्स राख्दै आफूले कुनै पनि पार्टीमा जाने निर्णय नगरेको र बाहिर चर्चा भएझैँ उन्नत लोकतान्त्रिक पार्टीबाट मेयरमा उम्मेदवारी पनि दिन नलागेको बताएका हुन् ।
उनले भनेका छन्, ‘ प्राविधिक कारण तथा कार्यव्यस्ताका कारण म महानगरपालिकाको मेयर पदमा उम्मेदवार बन्नका लागि असमर्थ रहेको छु । र यसै पत्रमार्फत् हालका दिनसम्म म कुनै पनि पार्टीमा नरहेको पनि जानकारी गराउन चाहान्छु । स्थानीय निर्वाचनको संघारमा धेरै पार्टीसँग छलफल भएको र धेरैले आफूलाई आफ्नो पार्टीमा आउन आमन्त्रण गरेको सन्दर्भमा मैले उन्नत लोकतान्त्रिक पार्टीसँग छलफलमा बसेको तर कुनै ठोस निर्णय नभएको पनि यहाँहरूमा अवगत गराउन चाहान्छु ।’
केही दिनअघि उन्नत लोकतान्त्रिक पार्टीको अध्यक्षको हस्ताक्षरसहित जारी भएको विज्ञप्तिमा पार्टीले भुवन केसीलाई काठमाडौँ महानगरपालिकाको मेयरमा उठाउने उल्लेख थियो । सो निर्णयको भुवन केसीले समर्थन गरेका थिएनन् । उनले आफूले त्यस्तो कुनै निर्णय नगरेको दाबी गर्दै आएका थिए ।
स्ट्याटसमा उनले पहिले रहेको एमाले पार्टी भने छाडेको संकेत गरेका छन् । उनले स्ट्यासमा कतै पनि आफू एमालेमा नै रहेको भन्ने वाक्यांश राखेका छैनन् । यसले उनले एमाले परित्याग गर्ने मनसाय बनाएको र एमाले छाडेर कहाँ जाने भन्ने निर्णय नगरिसकेको अवस्था बताउँछ । उन्नत लोकतान्त्रिक पार्टीबाट मेयरको घोषणा हुनुअघि भुवन केसी राप्रपा प्रवेश गर्न लागेको चर्चा थियो । भुवन केसीले राप्रपा प्रवेशका लागि अध्यक्ष राजेन्द्र लिङदेनसँग भेटघाट पनि गरेका थिए ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया