२० वर्षपछि फेरि बेन र जेनिफरको इंगेजमेन्ट

लसएन्जल्स - पहिलो इंगेजमेन्ट गरेको २० वर्षपछि फेरि बेन एफलेक र जेनिफर लोपेजले इंगेजमेन्ट गरेका छन् । ‘गिग्ली’को २० वर्षअघि सेटमा माया प्रीति साटेका बेन र जेनिफरको जोडीले सन् २००२ मा इंगेजमेन्ट गरेका थिए ।
तर इंगेजमेन्ट विवाहमा परिणत हुनुअघि नै दुवैको छुट्टानाम भएको थियो । यसको १८ वर्षपछि पुन ः दुवैको रोमान्स सुरु भएको थियो । सन् २०२१ मा उनीहरूले आफूहरू फेरि एक पटक प्रेममा रहेको जनाऊ दिएका थिए ।
५२ वर्षीया लोपेजले हरियो रङको औंठीको झलक सामाजिक सञ्जालमा राख्दै आफूले बेनको नामको औँठी लाएको संकेत गरेकी छिन् । योबाहेक उनले आफू नजिकका साथीलाई इमेल गर्दै बेनसँग आफूले टीकाटालो गरेको बताएको पनि म्युजिक डटकममा खबर छ ।
इंगेजमेन्ट भएको दुई वर्षपछि जेनिफरले बेनसँग नाता तोडेर मार्क एन्थोनीसँग सोही साल विवाह गरेकी थिइन् । मार्कको तर्फबाट उनका दुई सन्तान छन् । यसैगरि, बेनले भने सन् २००५ मा जेनिफर गार्नरसँग विवाह गरेका थिए । यी जेनिफरबाट बेनका तीन सन्तान छन् । लोपेजभन्दा बेन तीन वर्ष कान्छा छन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया