अलमुताइरी भन्छन् - नेपाललाई एसिया कपमा छनोट गराउने प्रतिबद्धता गर्न सक्दिन

काठमाडौँ – नेपाल राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाललाई एसिया कपमा छनोट गराउने प्रतिबद्धता गर्न नसक्ने बताएका छन् ।अलमुताइरीले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाललाई एसिया कपमा छनोट गराउने प्रतिबद्धता गर्न नसक्ने बताए ।
तर उनले टिमका खेलाडीहरुमाथि सबैजना गर्ववान्वित हुने कुराको प्रतिबद्धता जनाउन सक्ने बताए ।
‘हाम्रो लक्ष्य सपना र आशा भन्दा ठूलो छ, हाम्रो लक्ष्य नेपाललाई एसियाली फुटबलको नक्सामा राख्नु हो र यसका लागि समय र धैर्यता चाहिन्छ,’ अलमुताइरीले भने ।
नेपालले कुवेतमा हुने एएफसी एसिया कप २०२३ को छनोट खेल्ने तालिका रहेको छ । छनोट अन्तर्गत समूह ‘ए’ मा रहेको नेपालले जुन ८ मा जोर्डनविरुद्ध पहिलो खेल खेल्नेछ । नेपालले दोस्रो खेल कुवेतविरुद्ध जुन ११ तथा अन्तिम खेल इन्डोनेसियाविरुद्ध जुन १४ मा खेल्नेछ ।
छनोटका लागि प्रशिक्षक अलमुताइरीले अप्रिल १५ बाट बन्द प्रशिक्षण सुरु गर्नेछन् । बन्द प्रशिक्षणका लागि २५ जना खेलाडी छनोटमा परेका छन् । यसैबीच प्रशिक्षक अलमुताइरीले छनोट अघि ३ वा ४ वटा मैत्रीपूर्ण खेल खेल्न सक्ने बताएका छन् ।

२५ औँ अन्तर्राष्ट्रिय फुल कन्ट्याक्ट प्रतियोगिता ‘लक्मल्स च्यालेञ्ज-२०२५’ मा नेपालला…

मार्भल टेक्नोप्लास्ट सुदूरपश्चिचम रोयल्सको एक्सिलेन्स पार्टनर

बेंगलुरुको चिन्नास्वामी स्टेडियम आइपीएल खेलाउन प्रतिबन्ध
यु–२० च्याम्पियनसिपमा सहभागी नेपाली टोली स्वदेश फिर्ता

संस्कृति र खेलकुदको सङ्गम : लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

जित्नैपर्ने दबाबबीच नेपाली महिला फुटबलर बंगलादेशसँग भिड्दै

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

प्रतिक्रिया