मंगलबार ०९ बैशाख, २०८२
Tuesday, April 22, 2025

मेरिकोले शुरु गर्‍यो ‘निहार आयुर्वेदिक ठण्डा तेल’ को बिक्री

काठमाडौँः मेरिकोको केश तेल ब्राण्डहरु मध्ये एक निहारको एक विशेष उत्पादन ‘निहार आयुर्वेदिक ठण्डा तेल’ को नेपाली बजारमा बिक्री शुरु गरेको छ । 
शीतलता दिने तेलमा १० आयुर्वेदिक तत्वहरु जस्तै पुदिना, ब्राह्मी, जटामसी, अश्वगन्धा, नीलगिरि, लेमन ग्रास, नीम, कपूर र नरिवल तेल लगायत अन्य जडिबुटिहरुको अनुपम समिश्रण रहेको छ, जसले आजको तनावपूर्ण समयमा तनाव कम गर्न तथा मांशपेसीहरु र शरीरलाई आराम प्रदान गर्न सहयोग गर्ने बिक्रेता मेरिकोले उल्लेख गरेको छ । 

निहार ज्यास्मिन नरिवल केश तेलमा नरिवल र मेथीको दोहोरो गुण रहेको र यसले कपालका लागि आवश्यक पोषण प्रदान गर्ने बताइएको छ । 

सबैभन्दा पछिल्लो उत्पादन निहार आयुर्वेदिक ठण्डा तेलले विद्यमान उत्पादनलाई विविध खालको प्याकेजिङमा उपलब्ध गराएको छ, जसमा १०० मिलिलिटर, २०० मिलिलिटर र ५०० मिलिलिटर देशभरका स्टोरहरूमा उपलब्ध गराइएको मेरिकोले जनाएको छ ।