एपीएफमाथि आर्मीको जित

काठमाडौँ – प्रो क्लब च्याम्पियनशीप क्रिकेट अन्तर्गत त्रिभुवन आर्मी क्लबले नेपाल एपीएफ क्लबमाथि जित हात पारेको छ ।
भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा शनिबार भएको खेलमा आर्मीले एपीएफलाई ५१ रनले पराजित गर्याे।
१ सय ४० रनको विजयी लक्ष्य पछ्याएको एपिएफ १९ ओभर १ बलमा आलआउट हुदै ८८ रनमा समेटियो । एपीएफका लागि कप्तान प्रदीप ऐरीले सर्वाधिक ३१ रन बनाए । आर्मीका लागि सोमपाल कामीले सर्वाधिक ४ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३९ रन जोड्यो । आर्मीका लागि रोहित पौडेलले सर्वाधिक ८० रनको योगदान गरे ।
एपिएफका लागि भुवन कार्की र किशोर महतोले समान दुई–दुई विकेट हात पारे ।

२५ औँ अन्तर्राष्ट्रिय फुल कन्ट्याक्ट प्रतियोगिता ‘लक्मल्स च्यालेञ्ज-२०२५’ मा नेपालला…

मार्भल टेक्नोप्लास्ट सुदूरपश्चिचम रोयल्सको एक्सिलेन्स पार्टनर

बेंगलुरुको चिन्नास्वामी स्टेडियम आइपीएल खेलाउन प्रतिबन्ध
यु–२० च्याम्पियनसिपमा सहभागी नेपाली टोली स्वदेश फिर्ता

संस्कृति र खेलकुदको सङ्गम : लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

जित्नैपर्ने दबाबबीच नेपाली महिला फुटबलर बंगलादेशसँग भिड्दै

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

प्रतिक्रिया