एमाले मकवानपुरले टुङ्ग्यायो दुई गाउँपालिकाको प्रमुख पद

मकवानपुर - स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले मकवानपुरले जिल्लाको ८ मध्ये २ वटा गाउँपालिकको लागि प्रतिनिधि छनाेट टुङ्ग्याएको छ
नेकपा एमालले आउँदो वैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि अध्यक्ष र उपाध्यक्षका लागि गाउँ कमिटीले नाम सिफारिस गरेको पार्टी जिल्ला अध्यक्ष एकलाल श्रेष्ठले बताए ।
पार्टी अध्यक्ष श्रेष्ठका अनुसार मकवानपुरको भीमफेदी गाउँपालिको अध्यक्ष र उपाध्यक्षमा वर्तमान अध्यक्ष उपाध्यक्षले नै दोहोर्याउने मौका पाएका छन् । बहालवाला अध्यक्ष हिदम लामा र उपाध्यक्ष पार्वती रानाले पुन पार्टीबाट सर्वसम्मत टिकट पाएका हुन् ।
आज भएको भीमफेदी एमाले गाउँ कमिटीको बैठकले गाउँपालिकाको अध्यक्षमा वर्तमान गाउँपालिकाका अध्यक्ष लामा तथा उपाध्यक्षमा वर्तमान उपाध्यक्ष रानालाई नै उठाउने सर्वसम्मत निर्णय गरेको हो ।
गएको २०७४ मा भएको स्थानीय निर्वाचनमा भीमफेदी गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्ष दुबैमा एमालेका उम्मेद्वार लामा र राना विजयी भएका थिए ।
२०७४ मा भएको स्थानीय निर्वाचनमा एमालेबाट उठेका लामाले गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी र नेपाली कांग्रेसको गठबन्धनका उम्मेदवार रन्जित कुमार रानालाई १४४ मत अन्तरले पराजित गरेका थिए । यसैगरी उपाध्यक्ष पदमा रानाले गठबन्धनको उम्मेदवार मोमलाल दोङलाई ३ सय ६७ मत अन्तरले पराजित गरेकी थिईन् ।
जिल्लाको राक्सिराङ गाउँपालिकामा पनि अध्यक्ष र उपाध्यक्षको टुङ्गो लागेको छ । यस गाउँपालिकाको लागि नेकपा एमालेबाट अध्यक्ष र उपाध्यक्षमा क्रमश: बाबुराम थापा र सुन्तली चेपाङलाई सिफारिस गरिएको छ । यस गाउँपालिकामा गत चुनावमा नेपाली कांग्रेससँग एमालेले पराजय भोगेको थियो ।
पार्टी अध्यक्ष श्रेष्ठका अनुसार भोलिसम्ममा जिल्लाको सबै गाउँपालिकामा एमालेको उम्मेदवारी सिफारिस टुङ्गिने छ । मकवानपुर ८ वटा गाउँपालिका छन् । यता उपमहानगर र नगरपालिकामा पनि भोलि २७ चैतमा नगर कमिटीको बैठक बस्दैछ । उपमहानगरको हकमा नगर कमिटीले सिफारिस गरेको नाम जिल्ला कमिटी प्रदेशमा पठाउने छ, र प्रदेश कमिटिले अन्तिम टुङ्गो लगाउने छ ।
यता मकवानपुरमा एमालेसँग प्रतिस्पर्धा हुन गठबन्धनको तर्फबाट पनि कुन पालिकामा कुन पार्टीको कस्लाई पठाउने भन्ने बारे गृहकार्य भैरहेको नेपाली काँग्रेस मकवानपुरले जनाएको छ ।
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया