बाँकेका सात विद्यालयमा ‘हेण्ड वास स्टेशन’

नेपालगञ्ज : गेरुवा ग्रामिण जागरण संघ बाँकेले नेपालगञ्जका ७ वटा विद्यालयमा हेण्ड वास स्टेशन निर्माण गरेको छ । संघले बाँकेमा सञ्चालित शहरी सरसफाई तथा स्वच्छता प्रवर्द्धन परियोजना अन्र्तगत स्टेशन निर्माण गरेको जनाएको छ ।
नेपालगञ्जका नारायण मा.बि., महेन्द्र माबि, जगतज्योती मा.बि., महाराजा माबि, कारकाँदो माबि र सल्यानीबाग माबिमास्टेशन निर्माण गरिएको सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरूले जनाएका छन् ।
१२ वटा धाराबाट एकै पटक खानेपानीका लागि प्रयोग गर्न सकिने सो स्टेशनमा मोटर, जिआई पाईप, ट्याँकी जडान गरिएको छ । एउटा स्टेशन निर्माणका लागि ७५ देखि ८० हजार सम्म खर्च लागेकोे संस्थाका अध्यक्ष कृष्णजँग शाहले बताए ।
शाहकाअनुसार परियोजनाअन्र्तगत नेपालगञ्जका ५ वटा वडाका बिभिन्न समुदायहरूमा समुदायमा धारा निर्माणमा सहयोग गरिएको छ । वडानम्बर २२ को किंगरियनपुरमा नयाँ धारा निर्माण गर्नुका साथै वडानम्बर ६, १३, २१, १४ र १५ मा धारा मर्मतमा संस्थाले सहयोग गरेको छ । उक्त कार्यका लागि प्रति धारा १५ हजार बढी सहयोग गरिएको छ ।
परियोजना अन्र्तगत १७ वटा माबिलाई ३० हजार बराबरको स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । यसैगरी १० वटा वडाको १० वटा टोल स्तरीय समिति गठन गरिएको छ ।
गाउँगाउँमा सडक कालोपत्र भएपछि स्थानीय खुसी

कुटपिटबाट घाइते गिरीको मृत्यु

परम्परा धान्न पञ्चैबाजा बजाउँछन् पाल्पाका महिला

संस्कृति संरक्षण गर्न मादल बजाउने तालिम

गाउँपालिकाको नामकरण गरिएको ताल नै संकटमा

पूर्वाधार विकासले सुगम बन्दै सोनारी क्षेत्र

किसानलाई अनुदानमा धानको बीउ वितरण

प्रतिक्रिया