हैदरावादको पहिलो जित, चेन्नेईको चौथो हार
काठमाडौँ : आइपीएल क्रिकेटमा सनराइजर्स हैदरावादले पहिलो जित निकालेको छ । शनिबार बेलूकी सकिएको खेलमा हैदरावादले साविक विजेता चेन्नेई सुपर किंग्सलाई ८ विकेटले हराएको हो । मुम्बईमा हैदरावादले पहिलो जित निकाल्दा महेन्द्रसिंह धोनीले कप्तानी छाडेपछि नाजुक अवस्थामा पुगेको चेन्नेईको यो लगातार चौथो हार हो ।
टस हारेर पहिले ब्याटिङ गरेको चेन्नेईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५४ रन बनाएको थियो । उसका लागि मोइन अलिले सर्वााधिक ४८ रन बनाए । जवाफी ब्याटिङ गरेको हैदरावादले १४ बल बाँकी छँदै २ विकेट गुमाएर लक्ष्य भेट्टायो । उसका लागि ओपनिङमा आएका अभिषेक शर्माले ७५ रनको योगदान दिए ।
जारी आइपीएलमा पहिलो जित निकालेको हैदरावाद ३ खेलबाट २ अंकसहित आठौँ स्थानमा छ भने चार खेल खेलेपछि जितविहीन रहेको चेन्नेई पुछारबाट दोस्रो स्थानमा छ ।

नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने

काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा मोन्टी देसाइ नियुक्त
नेपाल स्ट्रिट प्रिमियर लिग टी–१० क्रिकेट काठमाडौँमा हुँदै

एसीसी यू १६ इस्ट जोन कप : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_w9YBk6jy3L_yadiuygr6jffhpid7e2vtzwvb1khtzld9kzj9rhoolctqwlknikkdtbgueih.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

प्रतिक्रिया