‘फास्ट एन्ड फ्युरियस १०’मा भित्रिइन् ब्रि लार्सन

लसएन्जल्स - ‘फास्ट एन्ड फ्युरियस’को दसौँ शृंखलामा ब्रि लार्सनको प्रवेश भएको छ । निर्मातासमेत रहेका अभिनेता भिन डिजेलले शनिबार फिल्ममा ब्रिको प्रवेश भएको जानकारी गराएका हुन् ।
उनले इन्स्टामा लामो स्ट्याटस लेख्दै फिल्मको शृंखलामा स्वागत गरेको जनाएका हुन् । ‘क्याप्टन मार्भल’को भूमिका निर्वाह गर्दै आएकी ब्रि अस्कर विजेतासमेत हुन् । भिनले फिल्ममा ब्रिको चरित्रको बारेमा भने खुलाएका छैनन् ।
आउँदो वर्षको मे १९ मा रिलिज हुने फिल्मको सुटिङ अझै सुरु भएको छैन । तर अब फिल्ममा ब्रिबाहेक जोसन ममुवा पनि नयाँ अनुहार हुनेछन् । पछिल्ला केही फिल्मको हिस्सा रहेका रकले भिन डिजेलसँग काम गर्न अस्वीकार गरेपछि भिनले उनको ठाउँमा जोसनलाई ल्याएका थिए ।
जस्टिन लिनले निर्देशन गर्ने यो फिल्ममा बाँकी कलाकार अघिल्लो शृंखलाकै रहनेछन् । दसौँ र एघारौँ भाग पछि यो शृंखलाको अन्त्य हुने जनाइएको छ ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया