एएफसी फुटसल छनोटको पहिलो खेलमा नेपाल पराजित

काठमाडौँ – एएफसी फुटसल एसिया कप छनोट अन्तर्गत नेपालले पहिलो खेलमै पराजित भएको छ । कीर्गिस्तानको बिसकेकस्थित गाजप्रोम स्पोर्टस कम्पलेक्समा भएको खेलमा नेपालले उज्वेकिस्तानविरुद्ध पराजित भएको हो । उज्वेकिस्तानले नेपाललाई ५–१ ले पराजित गर्यो ।
उज्वेकिस्तानका लागि रोपिएभ इख्तियोरले दुई गोल गर्दा उसमोनोभ अकबर र खुसनिदिन निसोनोभ र इलमुरोदोभ अबोसले एक–एक गोल गरे । नेपालका लागि एकमात्र गोल रोशन छन्त्यालले गरे ।
पहिलो हाफमै खुसनिदिन निसोनोभले उज्वेकिस्तानलाई सुरुवाती अग्रता दिलाए । उसमोनोभ अकबरले उज्वेकिस्तानको अग्रता दोब्बर बनाउदा रोपिएभ इख्तियोरले उज्वेकिस्तानका लागि तेस्रो गोल गरे ।
दोस्रो हाफमा नेपालका रोशन छन्त्यालले एक गोल फर्काए । तर रोपिएभ इख्तियोर र इलमुरोदोभ अबोसले नेपालविरुद्ध थप एक–एक गोल गरे ।
छनोट अन्तर्गत नेपाल समूह बी मा उज्वेकिस्तान, ताजिकिस्तान र अफगानिस्तानसँगै रहेको छ । छनोट अन्तर्गत नेपालले दोस्रो खेल ताजिकिस्तानविरुद्ध अप्रिल ११ तथा तेस्रो खेल अफगानिस्तानविरुद्ध अप्रिल १२ मा खेल्ने तालिका रहेको छ ।

२५ औँ अन्तर्राष्ट्रिय फुल कन्ट्याक्ट प्रतियोगिता ‘लक्मल्स च्यालेञ्ज-२०२५’ मा नेपालला…

मार्भल टेक्नोप्लास्ट सुदूरपश्चिचम रोयल्सको एक्सिलेन्स पार्टनर

बेंगलुरुको चिन्नास्वामी स्टेडियम आइपीएल खेलाउन प्रतिबन्ध
यु–२० च्याम्पियनसिपमा सहभागी नेपाली टोली स्वदेश फिर्ता

संस्कृति र खेलकुदको सङ्गम : लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

जित्नैपर्ने दबाबबीच नेपाली महिला फुटबलर बंगलादेशसँग भिड्दै

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

प्रतिक्रिया