सडक दुर्घटनामा दुईजनाको मृत्यु

देउखुरी- दाङमा सडक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । घोराही–९ कटुकीदेखि नारायणपुरतर्फ आउँदै गरेको रा१प ८३८६ नं को मोटरसाइकल घोराही–८ वनगाउँमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा गम्भीर घाइते घोराही–१७ गुलरियाकी ३४ वर्षीया प्रमिला हमालको उपचारकोे क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ । सोही घटनामा मृतकका छोरा १९ वर्षीय रोहित र १६ वर्षीया छोरी सविना घाइते भएका छन् । दुवैजनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
त्यसैगरी घोराही–तुलसीपुर सडक खण्डमा युपी ४२ विपी २४०१ भारतीय नम्बर प्लेटको ट्रकले ठक्कर दिँदा तुलसीपुर–१७ का आठ वर्षीय योगेश बस्नेतको मुत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते उनको उपचारका लागि भारतको लखनउ लैजाने क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्रक चालक प्रहरीको नियन्त्रणमा छन् ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया