बिहीबार १५ साउन, २०८२
Thursday, July 31, 2025

रौतहटमा २६ दिनका लागि निषेधाज्ञा

रौतहट : नजिकदैँ गएको चाड तिहारको दृष्टिगत गर्दै जिल्ला प्रशासन कार्यालय रौतहटले २६ दिनको लागि निषेधाज्ञा जारी गरेको छ । शुक्रबार एक सूचना जारी चाडतिहारमा हुने भिडभाडलाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालयले कात्तिक २१ गते मध्यराति १२ बजेदेखि लागू हुने गरी अगामी मंसिर १७ गते मध्य रातिसम्म २६ दिनको लागि निषेधाज्ञा जारी गरेको हो ।

जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएकोले समुदायस्तरमा अझै कोभिड-१९ नफैलोस भन्ने उद्देश्यका साथ जिल्ला प्रशासन कार्यालय रौतहटले निषेधाज्ञा जारी गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताएका छन् । हालसम्म रौतहटमा कोभिड संक्रमणले १४ जनाको मृत्यु भइसकेको छ भने १ सय ७४ जना अहिले पनि सक्रिय कोरोना संक्रमित रहेका छन् ।