मलेसियामा हुने यू–१९ महिला विश्वकप छनोटमा नेपालले खेल्ने

काठमाडौँ – आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट मलेसियाले आयोजना गर्ने भएको छ । क्जारस्पोर्टसले जनाए अनुसार ८ टिमको सहभागिता रहने छनोट मलेसियाले जुनमा आयोजना गर्नेछ ।
छनोटमा आयोजक मलेसियासहित नेपाल, चीन, थाइल्यान्ड, म्यानमार, युएई, भुटान र कतार रहेका छन् । क्जारस्पोर्टसले जनाए अनुसार यस प्रतियोगिताको विजेता टोलीले सन् २०२३ को जनवरीमा दक्षिण अफ्रिकामा आयोजना हुने आईसीसी यू–१९ महिला विश्वकपमा स्थान बनाउनेछ ।
तर आईसीसीले भने पहिलो पटक आयोजना हुने यू–१९ विश्वकपमा भने १६ टिमको सहभागिता रहने जनाएको छ । यसैबीच छनोट प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान) ले यू–१९ महिला क्रिकेट प्रतियोगिता धनगढीमा आयोजना गरेको थियो ।

२५ औँ अन्तर्राष्ट्रिय फुल कन्ट्याक्ट प्रतियोगिता ‘लक्मल्स च्यालेञ्ज-२०२५’ मा नेपालला…

मार्भल टेक्नोप्लास्ट सुदूरपश्चिचम रोयल्सको एक्सिलेन्स पार्टनर

बेंगलुरुको चिन्नास्वामी स्टेडियम आइपीएल खेलाउन प्रतिबन्ध
यु–२० च्याम्पियनसिपमा सहभागी नेपाली टोली स्वदेश फिर्ता

संस्कृति र खेलकुदको सङ्गम : लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

जित्नैपर्ने दबाबबीच नेपाली महिला फुटबलर बंगलादेशसँग भिड्दै

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

प्रतिक्रिया