ब्लुबर्ड र एपेक्सको जित

काठमाडौँ – प्याट्रियोट्स कप इन्टर कलेज टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत ब्लुबर्ड कलेज एपेक्स कलेजले जित हात पारेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा ब्लुबर्डले गोल्डेन गेट कलेजलाई ९ विकेटले पराजित गर्यो ।
९७ रनको लक्ष्य ब्लुबर्डले १२ ओभर ५ बलमा १ विकेट गुमाएर पुरा गर्यो । ब्लुबर्डको जितमा सचिन लेखकले अविजित रहदै ६० रनको योगदान गरे । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको गोल्डेनगेटले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९६ रन जोड्यो ।
अर्को खेलमा एपेक्सले मोर्गन कलेजमाथि ३० रनको जित हात पार्याे । १ सय ४० रनको लक्ष्य पछ्याएको मोर्गन निर्धारित २० ओभरमा १ सय ९ रनमै अलआउट भयो ।
मोर्गनका पवन सिग्देलले ३४ रन जोडे । एपेक्सका मोहन सिंहले ४ तथा सशांक अग्रवालले ३ विकेट हात पारे ।
यस अघि एपेक्सले निर्धारित ओभरमा १ सय ३९ रन जोडेको थियो ।

२५ औँ अन्तर्राष्ट्रिय फुल कन्ट्याक्ट प्रतियोगिता ‘लक्मल्स च्यालेञ्ज-२०२५’ मा नेपालला…

मार्भल टेक्नोप्लास्ट सुदूरपश्चिचम रोयल्सको एक्सिलेन्स पार्टनर

बेंगलुरुको चिन्नास्वामी स्टेडियम आइपीएल खेलाउन प्रतिबन्ध
यु–२० च्याम्पियनसिपमा सहभागी नेपाली टोली स्वदेश फिर्ता

संस्कृति र खेलकुदको सङ्गम : लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

जित्नैपर्ने दबाबबीच नेपाली महिला फुटबलर बंगलादेशसँग भिड्दै

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

प्रतिक्रिया