एक साता लगातार बढेको सेयर बजार २४ अंकले घट्यो

काठमाडौं : एक साता लगातार बढेको सेयर बजार नेप्से परिसूचक सोमबार २४ दशमलव ०८ अंकले घटेको छ । ० दशमलव ९५ प्रतिशतले घटेको नेप्से २५१४ दशमलव ३९ बिन्दुमा पुगेको हो । गत साता मंगलबारबाट नेप्से बढ्न थालेको थियो । सोमबार सेयर बजारमा गिरावट आए पनि अपर तामाकोशी र चन्द्रागिरी हिल्सको सेयर मूल्यमा उच्चतम् वृद्धि भएको छ ।
अपर तामाकोशीको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट ब्रेकर लागेको थियो । चन्द्रागिरीको सेयर मूल्य ९ दशमलव ९९ प्रतिशत बढ्यो । होटल र जलविद्युत समूहबाहेक सबै समूहको परिसूचक कमजोर छ । जलविद्युत समूहमा भने ४ दशमलव ७९ प्रतिशतको वृद्धि भएको छ ।
सोमबार सबैभन्दा बढी अपर तामाकोशीकै सेयर कारोबार भएको छ । ४६ करोड ९६ लाख रुपैयाँ बराबर किनबेच भएको यो कम्पनीको सेयर मूल्य ७२६ रुपैयाँ छ । दोस्रोमा नेपाल बंगलादेश बैंकको सेयर किनबेच बढी छ । ३१ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको यो बैंकको सेयर मुल्य प्रति कित्ता ३५३ रुपैयाँ छ ।
सोमबार सेयर कारोबार रकम ५ अर्ब ३५ करोड १३ लाख रुपैयाँ पुगेको छ । ६१ हजार ४ सय ८८ पटकको कारोबारमा एक करोड ९ लाख ३१ हजार ३ सय ५८ कित्ता सेयर किनबेच भएको छ ।

नयाँ वर्षमा रियलमी र एनसेलको सहकार्य : रियलमी सी ७५ किन्दा डाटा र निःशुल्क ट…

एमएडब्लू वृद्धिले निर्माण गर्यो नेपालभर १ सयभन्दा बढी स्थानमा चार्जिङ स्टेसन

टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

विदेशमा सिकेको सिपबाट स्वदेशमै अवसरहरू सिर्जना गर्नु पर्ने महासंघ अध्यक्ष ढकाल…

लेक लागेर बिरामी परेका पर्यटकको उद्धार

चितवन निकुञ्ज क्षेत्रमा साहसिकतामा रमाउँदै ‘नेचर गाइड’ महिला

सुन प्रतितोला १ लाख ९१ हजार

प्रतिक्रिया