भक्तपुर औद्योगिक तथा व्यापार मेलामा एक करोडको कारोबार

भक्तपुर – औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज व्यान्डले भक्तपुरको सल्लाघारीमा गरिरहेको मेलामा एक करोडको कारोबार भएको छ । मेलाको पाँंचौ दिन सोमबारसम्म साे रकम बराबरको कारोबार भएको आयोजक औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दीप महतले जानकारी दिए ।
मेलामा उपभोक्तालाई चाहेका हरेक सामग्री सहज र सुपथ मूल्यमा उपलब्ध गराइने मेला संयोजक दीपक थापाले बताए । यसबाट सांस्कृतिक पर्यटन तथा व्यापार मेला गर्न लागिएको उनकाे भनाइ छ ।
मेलामा दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामग्री, खाद्यान्नका सामग्री, विभिन्न प्रकारका लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्रीका स्टल राखिएका छन् ।
‘फेसन तथा नृत्य, औद्याेगिक उत्पादनको प्रदर्शनी, सूचना तथा विज्ञान प्रविधिको प्रदर्शनी, ग्रामीण प्रविधिसम्बन्धी गतिविधि, अटो मोबाइल प्रदर्शनी, विद्युतीय मेसिन कृषि औजार प्रदर्शनी रहेको छ,’ संयोजक थापाले भने ।
भक्तपुर, काठमाडौ, ललितपुर, काभ्रेदेखि आसपासका जिल्लाका बासिन्दाले मेलामा भाग लिने आयोजकले बताएको छ । मेलालाई व्यवस्थित गर्न विद्यार्थीलाई ४० र अन्यका लागि ५० प्रवेश शुल्कको तोकिएको छ ।
नयाँ वर्षको पूर्वसन्ध्यामा २४ चैतदेखि सुरु भएको मेला ४ वैशाखसम्म हुनेछ । जसमा दुई सयभन्दा बढी स्टल छन् । १० दिने मेलामा तीन लाखभन्दा बढी उपभोक्ताको आगमन हुने अनुमान गरिएको छ । करिब आठ करोड रुपैयाँको कारोबार हुने अपेक्षा आयोजकले गरेको छ ।

किन सडक मार्गबाटै ल्याइयो हेलिकप्टर ?

नागरिक उड्डयन प्राधिकरणको संरचनागत सुधार अपरिहार्यः विज्ञहरु

पर्यटकका पर्खाइमा म्याग्दीको टिकोट

हिमतालको जोखिम घटाउन जिसिएफको रु पाँच अर्ब अनुदान

नेपाल ‘सोलो एड्भेन्चर ट्राभल’ सूचीको सातौँ नम्बरमा

चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी बन्द

‘वाटरपार्क’मा पर्यटन प्रवर्द्धन ठप्प

प्रतिक्रिया