नवप्रवेशीलाई धमाधम मेयरमा सिफारिस गर्दै एमाले

काठमाडौं - विभिन्न पार्टी परित्याग गरी केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले प्रवेश गरेका दुई नेता भावी मेयरका लागि सर्वसम्मत सिफारिसमा परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका मेयरका लागि पशुपतिदयाल मिश्र तथा रंगेली नगरपालिका भावी मेयरमा दिलीप बगडिया सर्वसम्मत रूपमा सिफारिसमा परेका हुन् ।
हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र नागरिक अभियान परित्याग गरी नेपालगञ्जका मिश्र गत १ मंसिरमा एमाले प्रवेश गरेका थिए भने २५ फागुनमा नेकपा माओवादी केन्द्र परित्याग गरी बगडिया प्रवेश गरेका थिए । पुन: उम्मेदवार भएका बगडिया सो नगरपालिकामा माओवादीबाट विजयी मेयरसमेत हुन् ।
बाँकेको नेपालगञ्ज नगर कमिटी बैठकले मिश्रलाई सर्वसम्मत रुपमा एमालेबाट भावी मेयरका लागि सिफारिस गरेसँगै उपमेयरमा शान्ति ढकाल पनि सर्वसम्मत सिफारिसमा परेकी छिन् ।
ढकाल एमाले केन्द्रीय सदस्यसमेत हुन् भने मिश्र २०७४ सालको निर्वाचनमा सूर्य चिह्न लिएर प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवार भए पनि पराजित भएका थिए ।
एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलका अनुसार रंगेलीमा बगडियासँगै धनपालथान गाउँपालिकाका अध्यक्षका लागि मुसहरु मण्डल सिफारिस भएका छन । एमालेले ५ वैशाखभित्र स्थानीय तहका सबै उम्मेदवार सिफारिस गर्न निर्देशन दिएअनुसार देशैभरि एमालेले उम्मेदवार सिफारिस गरिरहेको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया