आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

एमएडब्लु अर्थमुभर्सलाई दक्षिण एसियाकै सर्वोत्कृष्ट जेसीबी डिलर सम्मान

काठमाडौंँ- हेभी इक्विपमेन्ट ब्रान्ड जेसीबीको आधिकारिक विक्रेता एमएडब्लु अर्थ मुभर्स दक्षिण एसियाकै सर्वोत्कृष्ट जेसिबी डिलर बनेको छ । जेसिबी इन्डियाले आफ्नो डिलर्स टिममा एमएडब्लु अर्थ मुभर्सलाई सर्वोत्कृष्ट दक्षिण एसिया डिलर २०२१ बाट सम्मान गरेको हो । जेसिबी युकेका निर्देशक जर्ज बामफोर्ड, ग्रुप सिइओ ग्राहम म्याकडोनाल्ड र जेसिबी इन्डियाका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकारी दिपक शेट्टीले एमएडब्लु अर्थ मुभर्सका अध्यक्ष विष्णुकुमार अग्रवाललाई संयुक्त रुपमा सर्वोत्कृष्ट डिलरको अवार्ड हस्तान्तरण गरेका थिए। 

कार्यक्रमलाई सम्बोधन गर्दै एमएडब्लु अर्थ मुभर्सका अध्यक्ष विष्णु अग्रवालले जेसिबीका ग्राहक, कर्मचारी र सरोकारवालालाई धन्यवाद ज्ञापन गर्दै साथ र सहयोगमा एमएडब्लु दक्षिण एसियाकै सर्वोत्कृष्ट जेसिबी डिलर बन्न सफल भएको बताए । ‘हामीलाई विश्वास छ, हाम्रा ग्राहक, सरोकारवाला र कर्मचारीको निरन्तर साथ रहेमा हामी अझ धेरै सफलताको उचाइमा पुग्नेछौँ’ उनले। 
एमएडब्लु अर्थ मुभर्सले ब्याकहो लोडर, एस्काभेटर, ह्विल लोडर, कम्प्याक्टर, टेलिह्यान्डलर र स्किड स्टेरिङ लोडर जस्ता जेसीबी ब्रान्डका हेभि इक्विपमेन्टहरुको विक्री वितरण गर्दै आएको छ । नेपाली बजारमा जेसीबीको बजार हिस्सा ५० प्रतिशतभन्दा बढी छ ।