देशकै पहिलो जेष्ठ पत्रकार पेन्सन नवराज शर्मालाई

हेटौंडा : नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले जेष्ठ पत्रकारलाई मासिकरुपमा पेन्सन दिन सुरु गरेको छ । सोमबार पेन्सन वितरण कार्यक्रमको शुभारम्भ गर्दै मकवानपुर शाखाले पूर्वअध्यक्षसमेत रहेका नवराज शर्मालाई पेन्सन बापतको रकम वितरण गरेको हो ।
हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले उनलाई चैत्र महिनाको ४ हजार रुपैयाँ पेन्सन वितरण गरेका थिए । मेयर महतले पेन्सन कोषमा रकम वृद्धि गर्न सहयोग गर्ने प्रतिबद्धता जनाए । यसअघि हेटौंडा उपमहानगरपालिकाले पेन्सन कोषमा दश लाख रुपैयाँ सहयोग गरेको थियो । ४० वर्षसम्म पत्रकारिता गरेर निबृत जीवन बिताइरहेका शर्मा जेष्ठ पत्रकार पेन्सन लिने देशकै पहिलो पत्रकार हुन् ।
पत्रकार महासंघको ७७ वटै जिल्लाका शाखा, प्रदेश र केन्द्रमा पहिलोपटक महासंघ मकवानपुर शाखाले जेष्ठ पत्रकारलाई पेन्सन वितरणको कार्य सुरु गरेको मकवानपुर शाखाका अध्यक्ष हरि हुमागाईले जानकारी दिए । पेन्सन प्राप्त गर्नका लागि पत्रकार महासंघ मकवानपुर शाखाको सदस्य भएको हुनुपर्ने, ६० वर्ष उमेर पुरा भएको हुनुपर्ने, निरन्तर २० वर्ष पत्रकारीतालाई मुख्य पेसा बनाएर सञ्चार क्षेत्रमा कार्य गरेको हुनुपर्ने प्रावधान रहेको अध्यक्ष हुमागाईंले बताए ।

कार्यक्रम ‘ऐना’को दोस्रो संस्करण आजदेखि प्रसारण हुने

लामिछानेको पक्षमा हस्ताक्षर गर्ने ट्राफिक प्रहरी प्रधान कार्यालय तानिए

कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

एलिना चौहानलाई सामाजिक सञ्जालबाट दुर्व्यवहार गर्नेमाथि तीन दिन म्याद थप

करेन्ट लागेर एकजनाको मृत्यु

चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने

प्रतिक्रिया