मधेस प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य

जनकपुरधाम– मधेस प्रदेश सभाको आठौं अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेशसभाको आठौँ अधिवेशन अन्त्यको घोषणा गरेका हुन ।
मंगलबार बसेको प्रदेशसभाको दोस्रो बैठकमा सभामुख सरोजकुमार यादवले प्रदेश प्रमुखबाट प्राप्त पत्र पढेर अधिवेशन अन्त्य भएको जानकारी गराएका हुन् ।
मधेस सरकारको सिफारिसमा प्रदेश प्रमुख मिश्रले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम मंगलबार राति १२ बजेदेखि आठौँ अधिवेशन अन्त्य गरेका हुन् ।
प्रदेश सभाको आठौँ अधिवेशन मंसिर २९ गतेदेखि सुरु भएको थियो । अधिवेशनको चार महिनाको अवधिमा २० वटा बैठकमा सरकारबाट तीनवटा विधेयक दर्ता भएको छ भने चारवटा विधेयक सभाबाट पारित भएको छ । त्यस्तै एक विधेयक प्रमाणीकरण भएको हो ।
आठौँ अधिवेशनमा मंगलबारको दोस्रो बैठकबाहेक २८ घण्टा चलेको सभामुख यादवले सदनमा जानकारी गराए । मंगलबार बसेको बैठकबाट मधेस सरकारले ल्याएको दुईवटै अध्यादेशको प्रतिस्थापन गर्न ल्याइएको विधेयक सर्वसम्मतले पारित गरिएको छ ।
मधेश प्रदेश सरकारले ल्याएको अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएको विधेयक सर्वसम्मतले पारित भएको भएको सभामुख उपमा देवले सदनलाई जानकारी दिएकी हुन् ।
प्रदेश सरकारले ल्याएको अध्यादेश प्रदेश कृषि विश्वविद्यालय अध्यादेश २०७८ र प्राविधिक विश्वविद्यालय अध्यादेश २०७८ लाई प्रतिस्थापन गर्न प्रदेशसभामा विधेयक ल्याइएको थियो ।

पानी नपरेपछि वीरगञ्जको गहवामाईमा पर्जन्य यज्ञ !

भूमिहीनहरूलाई जग्गाधनी प्रमाणपुर्जा वितरण

करेन्ट लागेर एक जनाको मृत्यु, दुईको अवस्था गम्भीर

गौशाला नगरपालिकाका ३१ जना प्रधानाध्यापकको राजिनामा

मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

वारुणयन्त्रबाट वीरगञ्जमा खानेपानी आपूर्ति

रौतहटमा ‘ड्रोन’बाट वनक्षेत्रको निगरानी

प्रतिक्रिया