कांग्रेस नेतृ देउवाले निर्वाचन आयाेगलाई स्मरण गराइन् संविधानकाे धारा ३८ (४)
काठमाडौं - नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाले निर्वाचन आयोगको पछिल्लो निर्णयमा आपत्ति जनाएकी छन् । निर्वाचन आयोगले ‘राजनीतिक दलहरूले कुनै एक पदमा मात्र उम्मेदवारी दिँदा महिलालाई अनिवार्य गर्नुपर्ने’ प्रावधान कायम गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी आरजुले आपत्ति जनाएकी हुन् ।
उनले प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूलाई नेपालको संविधानको धारा ३८(४) पनि स्मरण गराएकी छन् । धारा ३८ (४) मा ‘राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुनेछ’ उल्लेख छ ।
स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा १७ (४) मा राजनीतिक दलहरूले स्थानीय तहको प्रमुख र उपप्रमुख पदमा उम्मेदवारी दिँदा पचास प्रतिशत स्थानमा महिला उम्मेदवार बनाउनुपर्ने व्यवस्था छ ।
देउवाले भनेकी छन्, 'नेपालको संविधानको धारा ३८(४)लाई कुल्चने अधिकार निर्वाचन आयोगलाई नरहेकोबारे निर्वाचन आयोगलाई अवगत गराउँदै प्रमुख निर्वाचन आयुक्तज्यू र निर्वाचन आयोगका अन्य सदस्यज्यूहरूलाई नेपालको संविधानलाई उच्च सम्मान गर्दै यो निर्णय सच्याउन हुन हार्दिक अनुरोध गर्दछु ।'

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया