बलिउड गायिका आस्था गिलको ‘क्लब प्लाटिनम’मा कन्सर्ट

काठमाडौँ - बलिउड गायिका आस्था गिल आगामी वैशाख २४ गते शनिबार अर्थात् मे ७ मा राजधानीमा गुञ्जिने भएकी छन् । उनी दरबारमार्गस्थित क्लब प्लाटिनममा आयोजना हुने ‘आस्था गिल लाइभ’मा आफ्ना लोकप्रिय हिट नम्बर गीतसहित प्रस्तुत हुन लागेकी हुन् ।
युहान इन्टरनेसनल इभेन्ट, फेलिज, एमी इन्टरटेनमेन्ट र क्लब प्लाटिनमले संयुक्त रुपमा आयोजना गर्न लागेको यो कार्यक्रमका लागि आयोजकले अग्रिम टिकट बुकिङ खुला गरेका छन् । उनीहरूले जेनेरलका लागि १ हजार र भीआइपीका लागि २ हजार मूल्यका टिक बिक्रीमा राखेका छन् । कार्यक्रमको अनलाइन टिकेटिङ पार्टनर ग्लोबल अनलाइन पे रहेको छ ।
फिल्म ‘फग्ली’को पार्टी सङ ‘ढुप चिक’बाट बलिउडको पाश्र्व गायनमा पाइला चालेकी आस्थाका ‘अभि तो पार्टी सुरु हुई है’, ‘डिजे वाला बाबु’, ‘बज’, ‘नागिन’, ‘ह्याप्पी ह्याप्पी’, ‘कमरिया’लगायतका गीत लोकप्रिय छन् । उनी स्टन्ट बेस्ड रियालिटी शो ‘फियर फ्याक्टरः खतरों कि खेलाडी ११’को प्रतिष्पर्धी पनि हुन् ।

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया