मागे जति सिट नपाए रोल्पामा कांग्रेस एक्लै चुनाव लड्ने

काठमाडौं - नेपाली कांग्रेस रोल्पाले आफूले मागेको जति सिट नपाए एक्लै चुनाव लड्ने भएको छ । २९ फागुनदेखि चलेको एक महिने ‘घरघर जाऔं काँग्रेस जिताऔं’ अभियानका क्रममा प्राप्त सुझाव र उक्त सुझावमाथि भएको छलफलले आफूले मागे जति सिट नपाए एक्लै चुनाव लड्ने निर्णयमा पुगेका कांग्रेस रोल्पा सभापति किशोरकुमार आचार्यले जानकारी दिए ।
३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहितका दलहरूबीच तालमेल गर्ने भनिएका बेला कांग्रेस रोल्पाले तालमेलका लागि सर्त अघि सारेको हो ।
कांग्रेस रोल्पाले १० वटा पालिकाहरुमध्ये ५ वटा पालिकामा प्रमुख, ५ वटा पालिकामा उपप्रमुख, ३६ वटा वडाहरुमा अध्यक्ष सहित १ जना सदस्य र ३६ वटा वडाहरुमा ३ जना सदस्यको उमेदवारी हुने गरी गठबन्धनमार्फत निर्वाचनमा भाग लिने गरी सर्त अघि सारेको हो । यदी उक्त सर्त मान्य नहुने हो भने एकल ढंगले मित्रवत रुपमा सौहार्दतापूर्वक निर्वाचनको प्रतिस्पर्धामा भाग लिने सभापति आचार्यले जानकारी दिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया