‘स्टोरी बैंक’का लागि विकास बोर्डले छान्यो २० फिल्म

काठमाडौँ - चलचित्र विकास बोर्डले २०७८ सालमा स्टोरी बैंकका लागि मागेको आवेदनबाट २० फिल्म छानेको छ । बोर्डले मंगलबार सूचना जारी गर्दै १० लघु फिल्म र १० वटा फिचर फिल्म छनोट गरेको जानकारी गराएको हो ।
बोर्डले जारी गरेको सूचनाअनुसार लघु फिल्म अन्तर्गत गोपालचन्द्र लामिछाने, सूर्यबहादुर शाही, दिलिप पन्त, प्रकाश सापकोटा, सुन्दर योञ्जन, लेखनाथ पोखरेल, अम्बिका भण्डारी, गोपाल विक, ङिमा गेलु लामाका फिल्म छानिएका छन् भने फिचर फिल्मतर्फ मनोज बाबु पन्त, मीन भाम, राजेशप्रसाद खत्री, निरञ्जनराज भेटवाल, फिडेल देवकोटा, भिमबहादुर राना, विनोट खतिवडा, निरजप्रसाद थपलिया, निर्मल पौडेल र नवल खड्काका पटकथा उत्कृष्ट १० भित्र परेका छन् ।
विकास बोर्डका अनुसार ६५ हाराहारी फिल्मबाट उत्कृष्ट २० छानिएको हो । यसरी छानिएका फिल्मले चलचित्र विकास बोर्डबाट निर्माणका लागि आर्थिक सहयोग पाउँछन् ।
स्वदेशी तथा मौलिक चलचित्र निर्माणमा मद्दत पुग्ने अभिप्रायका साथ बोर्डले अघिल्लो साल ‘स्टोरी बैंक कार्यविधि २०७७’ बनाएको थियो । कार्यविधिले नेपाली नागरिकबाट पटकथा माग्ने र तिनलाई मौलिकता, ऐतिहासिकता, सांस्कृतिक कसीमा जाँची पुरस्कृत गर्ने व्यस्वस्था गरिएको छ ।
पहिलो साल बोर्डले ‘स्टोरी बैंक’ का लागि प्राप्त भएका कथा मध्येबाट छानिएका ५ मौलिक कथालाई निर्माणमा सघाउने घोषणा गरेको थियो । कार्यविधि अनुसार दुई फिचर फिल्म, दुई डकुमेन्ट्री र एउटा सर्ट फिल्मलाई राज्यले निर्माणमा सघाउने कार्यविधिमा उल्लेख गरिएको थियो । यो साल भने बोर्डले थप ५ फिल्मलाई निर्माणमा सघाउने बताएको छ ।
बोर्डले कार्यविधि पारित गरी गत साल नै फिल्मकर्मीबाट पटकथा माग गरेको थियो । गत साल बोर्डमा सर्ट र फिचर गरी ४० हाराहारी पटकथा आएका थिए । यसरी आएका पटकथालाई तीन सदस्यीय मूल्यांकन समितिले मूल्यांकन गरेर बोर्ड समक्ष सिफारिस गर्ने र सोही सिफारिसका आधारमा उत्कृष्ट पटकथाको नाम घोषणा गर्ने बताइएको थियो ।
सरकारले अघिल्लो साल ‘स्टोरी बैंक’का ५० लाख रकम छुटयाएकोमा यो साल त्यो रकम दोब्बर बनाएर १ करोड बनाएको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया