प्रो क्लब क्रिकेटः आर्मीको लगातार तेस्रो जित

काठमाडौँ – प्रो क्लब च्याम्पियनशीप क्रिकेट अन्तर्गत त्रिभुवन आर्मी क्लबले लगातार तीन खेल जित्दै सेमिफाइनल प्रवेश गरेको छ । भैरहवाको सिद्धार्थ रंगशालामा भारतको उत्तर प्रदेश क्लब ११ लाई ७ विकेटले पराजित गर्दै आर्मी समूह ‘बी’ को विजेताको रुपमा अन्तिम चारमा प्रवेश गरेको हो ।
तीन मध्ये दुई खेल जितेको उत्तर प्रदेश भने उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गर्यो ।
तेस्रो जित हात पार्ने क्रममा आर्मीले १ सय १५ रनको लक्ष्य १८ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । आर्मीको जितमा रोहित पौडेलले सर्वाधिक ३० तथा भिम सार्कीले २६ रनको योगदान गरे । उत्तर प्रदेशका विपिन चन्द्र, तेजास सिंह र राहुल कुमारले एक–एक विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको उत्तर प्रदेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १४ रन जोड्यो । उत्तर प्रदेशका लागि शुभम चौधरीले सर्वाधिक २७ रन जोडे ।
आर्मीका लागि सुशान भारी, जितेन्द्र मुखिया र हरी चौहानले समान दुई–दुई विकेट लिए । शहाब आलमले एक विकेट हात पारे ।

२५ औँ अन्तर्राष्ट्रिय फुल कन्ट्याक्ट प्रतियोगिता ‘लक्मल्स च्यालेञ्ज-२०२५’ मा नेपालला…

मार्भल टेक्नोप्लास्ट सुदूरपश्चिचम रोयल्सको एक्सिलेन्स पार्टनर

बेंगलुरुको चिन्नास्वामी स्टेडियम आइपीएल खेलाउन प्रतिबन्ध
यु–२० च्याम्पियनसिपमा सहभागी नेपाली टोली स्वदेश फिर्ता

संस्कृति र खेलकुदको सङ्गम : लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

जित्नैपर्ने दबाबबीच नेपाली महिला फुटबलर बंगलादेशसँग भिड्दै

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

प्रतिक्रिया