ग्रेट हिमालयको ब्याटिङ कन्सल्टेन्टमा श्रीलंकाका मिहिराज

काठमाडौं - ग्रेट हिमालय क्रिकेट एकेडेमीले ब्याटिङ कन्सल्टेन्टमा श्रीलंकाका अनुभवी मिहिराज वासन्थालाई नियुक्त गरेको छ । बुधबार एकेडेमीले ब्याटिङ कन्सल्टेन्टमा तीन महिनाको लागि वासन्थालाई अनुबन्ध गरेको जनाएको हो ।
उनले जुलाई २०२२ मा एकेडेमीमा प्रशिक्षक दिने एकेडेमीले जनाएको छ । प्रशिक्षक मिहिराजले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को लेभल थ्री कोर्ष गरेका छन् ।
मिहिराजले श्रीलंका, दुबई, इंग्ल्यान्ड र भारतमा समेत प्रशिक्षकको रूपमा काम गरेका छन् । उनीसँगै १५ वर्ष क्रिकेट प्रशिक्षकको रुपमा काम गरेको अनुभव भएको एकेडेमीले जनाएको छ ।
मिहिराजले श्रीलंकाको राष्ट्रिय महिला क्रिकेट टोलीको सहायक प्रशिक्षकको रूपमा समेत काम गरेका छन् । ललितपुरको हात्तीवन र काठमाडौंको शान्तिनगरमा एकेडेमी सञ्चालनमा रहेको छ ।

२५ औँ अन्तर्राष्ट्रिय फुल कन्ट्याक्ट प्रतियोगिता ‘लक्मल्स च्यालेञ्ज-२०२५’ मा नेपालला…

मार्भल टेक्नोप्लास्ट सुदूरपश्चिचम रोयल्सको एक्सिलेन्स पार्टनर

बेंगलुरुको चिन्नास्वामी स्टेडियम आइपीएल खेलाउन प्रतिबन्ध
यु–२० च्याम्पियनसिपमा सहभागी नेपाली टोली स्वदेश फिर्ता

संस्कृति र खेलकुदको सङ्गम : लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

जित्नैपर्ने दबाबबीच नेपाली महिला फुटबलर बंगलादेशसँग भिड्दै

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

प्रतिक्रिया