वर्षको अन्तिम कारोबारमा ३० अंकले बढ्यो सेयर बजार

काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) वर्षको अन्तिम कारोबारको दिन सुधार आएको छ। आज सेयर बजार ३० अंकले बढेको हो ।
साताको सुरुवातबाटै गिरावट सुरु भएको बजारमा आज भने सुधार आएको हो। बुधबार नेप्से ३०.३४ अंक अर्थात १.२७ प्रतिशतले परिसूचक उकालो लागेको छ।
आज २३८५.०२ अंकबाट सुरु भएको बजार बजार बन्द हुने बेलामा २४१५.२४ अंकमा पुगेर वर्ष २०७८ को बजार बन्द भएको छ । 'क' वर्गका कम्पनीहरू सेयर मूल्य मापक सेन्सेटीभ परिसूचक १.५५ प्रतिशत अर्थात ६.९७ अंकले बढेर ४५६ दशमलव ०९ अंकमा उक्लिएको छ ।
बजार बढेपनि कारोबार रकममा भने खासै सुधार हुन सकेन। आज कारोबार भएका २ सय २९ कम्पनीको सेयर कारोबारमा १ अर्ब ४७ करोड ६३ लाख १८ हजार १ सय ४ रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। ३३ लाख ९८ हजार ६ सय ४३ कित्ता सेयर २८ हजार ९ सय ४५ पटकको कारोबारमा खरिद बिक्री भएको छ ।
समूहगत परिसूचकमा आज १३ वटै समूहको सेयर मूल्य बढेको छ । जसमा सबैभन्दा बढी माइक्रोफाइनान्स समूह २.१४ अन्य समूह २.२८ प्रतिशतले बढेको छ ।
३० अंकले बजार बढ्दा आज कारोबार भएका १ सय ६४ कम्पनीको सेयर मूल्य बढेको छ भने २५ कम्पनीको सेयर मूल्य घटेको छ ।
आजको कारोबारमा नेष्डो समृद्ध लघुवित्तको सेयरमा सर्किट ब्रेकर लागेको छ। अन्य बढी कमाउने कम्पनीमा आरएमडीसी लघुवित्त, राष्ट्र उत्थान लघुवित्त, मिथिला लघुवित्त, स्वावलम्बन लघुवित्त लगायतका कम्पनी रहेका छन्।
आजको कारोबारमा सर्वाधिक गुमाउने पाँच कम्पनीमा युनाइटेड आइडी आई मार्दी हाइड्रो, नयाँ सारथी लघुवित्त, आइसीएफसी लघुवित्त डिबेन्चर, शिव श्री हाइड्रो पावर तथा सनराइज ब्लु क्याप रहेका छन्।
प्रतिक्रिया