‘षट्कोण’को ट्रेलर सार्वजनिक
काठमाडौँ- मिलन डि काप्री निर्देशित सिनेमा ‘षट्कोण’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार इन्टरनेटमा रिलिज गरिएको साइकोलोजिक थ्रिलर सिनेमाको ट्रेलरले दर्शकमा कौतुहलता जगाउनका साथै अन्य सिनेमाभन्दा फरक देखिन्छ ।
२ मिनेट लामो सार्वजनिक ट्रेलरमा कर्मा एक मर्डर मिस्ट्रीको खोजीमा लागेको पत्रकारको भूमिकामा दखिएका छन् । षट्कोण मिलनको डेव्यु निर्देशकिय सिनेमा हो । सार्वजनिक टिजर र ट्रेलरबाट उनले निर्देशनमा राम्रो सम्भावना देखाएका छन् । सिनेमा टिजर र ट्रेलर भन्दा निकै राम्रो बनेकाले दर्शकले मन पराउनेमा मिलन विश्वस्त रहेको बताउँछन् ।
क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रिउ फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमा आगामी बैशाख २३ गतेबाट नेपाल भरका सिनेमा घरमा रिलिज हुनेछ । कोरोना महामारी अगाडी नै निर्माण भएको सिनेमाको सम्पुर्ण काम सकेर प्रदर्शनको पालो कुरेर बसेकाले अहिले समय उत्तम लागेकाले रिलिजको लागि तयार भएको निर्माण टिमको भनाई छ ।
सिनेमामा कर्मा र भोलाराज सापकोटाका अलवा लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बु वानेम, बाल कलाकार असिम लामाको अभिनय रहेको छ । शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको सिनेमाको संवाद महेश दवाडीले लेखेका हुन् ।
सिनेमामा आङ्छेन लामाको छायांकन, सागर खनाल र निर्देशक मिलन डि काप्रिले सम्पादन छ । क्लेमेन्टाइन प्रोडक्सनको युट्युब च्यानलबाट टिजर रिलिज गरिएको सिनेमालाई वितरण जिम्मा आरआर फिल्मस्ले लिएको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया