अवैध भारतीय रुपैयाँसहित कन्हैया लाल विमानस्थलबाट पक्राउ

काठमाडौँ- अवैध भारतीय रुपैयाँसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । आधार कार्ड नम्बर ४५३९७५३४०९८३ भएका ३२ वर्षीय भारतीय नागरिक कन्हैया लाललाई नियन्त्रणमा लिइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यलयले जनाएको छ ।
प्लाष्टिक झोलामा नेपालमा प्रतिबन्धित भारतीय रुपैयाँ ५०० को २१७ थानले जम्मा भारतीय रुपैयाँ एक लाख आठ हजार पाँच सय तथा नेपाली रुपैया १००० को ६१४ थानले ६ लाख चाैध हजार र ५०० को ८० थानले नेपाली रुपैयाँ ४० हजार गरी ६ लाख ५४ हजार लुकाई छिपाई भारततर्फ लैजान लागेको अवस्थामा फेला पारिएको विमानस्थल सुरक्षा कार्यालयले जानकारी दिएको छ ।
मंगलबार काठमाडौँबाट भारततर्फ इन्डिगो जहाजमार्फत जान लाग्दा लालको डेल ब्यागलाई एक्सरे मेसिनले अवैध सामग्री रहेको जनाएको थियो । आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहर भवन पुल्चोक, ललितपुरमा पठाइएकाे विमानस्थलका प्रवक्ता हिमालय कुमार श्रेष्ठले जानकारी दिए ।

सिरहाको सुखीपुरबाट सात क्विन्टलभन्दा बढी गाँजा बरामद

मार्चे लेकमा चौँरीको रगत पिउने मेला सुरु

रुकुम पश्चिममा जिप दुर्घटना

भिरबाट लडेर मृत्यु

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते

आज चार प्रदेशमा अत्यधिक वर्षा हुने पूर्वानुमान

आज यस्तो छ राशिफलमा तपाईंको भाग्य

प्रतिक्रिया