सिरिज विजेता क्रिकेट टिमलाई सरकारले पुरस्कृत गर्ने

काठमाडौँ – त्रिवि क्रिकेट मैदानमा त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि जितेको नेपाली क्रिकेट टिमलाई सरकारले पुरस्कृत गर्ने भएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले सिरिज जित्ने टिमका खेलाडीलाई जनही २ लाख नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । टिममा १६ खेलाडी रहेका थिए ।
बैठकले प्रशिक्षक पुबुदु दासानायकेलाई १ लाख ५० हजार तथा अन्य पदाधिकारीलाई जनही १ लाख प्रदान गर्ने पनि निर्णय गरेको छ । युवा तथा खेलकुद मन्त्रालयले गरेको प्रस्तावलाई मन्त्रिपरिषदले अनुमोदन गरेको हो ।
चैत २१ गते पपुवा न्युगिनीलाई ५० रनले पराजित गर्दै नेपालले उपाधि जितेको थियो । सिरिजमा नेपाल, पीएनजी र मलेसियाको सहभागिता रहेको थियो ।

२५ औँ अन्तर्राष्ट्रिय फुल कन्ट्याक्ट प्रतियोगिता ‘लक्मल्स च्यालेञ्ज-२०२५’ मा नेपालला…

मार्भल टेक्नोप्लास्ट सुदूरपश्चिचम रोयल्सको एक्सिलेन्स पार्टनर

बेंगलुरुको चिन्नास्वामी स्टेडियम आइपीएल खेलाउन प्रतिबन्ध
यु–२० च्याम्पियनसिपमा सहभागी नेपाली टोली स्वदेश फिर्ता

संस्कृति र खेलकुदको सङ्गम : लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

जित्नैपर्ने दबाबबीच नेपाली महिला फुटबलर बंगलादेशसँग भिड्दै

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

प्रतिक्रिया