कोभिडले थप थलाएको २०७८ : नेपालमा ८ हजार ८९३ जनाले ज्यान गुमाए
करिब ७ लाख संक्रमणमुक्त, थपिए ८ लाख बढी संक्रमित

काठमाडौँ- कोभिड-१९ संक्रमणका कारण नेपालमा पछिल्लो एक वर्षमा ८ हजार बढीले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०७८ वैशाखदेखि चैतसम्म ८ हजार ८९३ जनाले ज्यान गुमाएका हुन् ।
त्यसैगरी एक वर्षमा ८ लाख ३७ हजार ८०४ संक्रमित थपिएका छन् । ६ लाख ९१ हजार ८४२ संक्रमणमुक्त भएका छन् । कोभिडको पहिलो लहरमा भन्दा दोस्रो लहरमा ज्यान गुमाउने संक्रमितको संख्या बढी रहेको छ । चाँडै गम्भीर हुने भएकाले अस्पतालमा भर्ना हुनेको संख्या पनि बढी थियो । अस्पतालमा शैय्याको समेत अभाव थियो ।
अक्सिजन अभावमा पनि धेरै संक्रमितले ज्यान गुमाए । भर्ना हुने संक्रमितको संख्या बढी र शैय्याको अभाव हुँदा धेरै संक्रमितहरूले अस्पताल परिसरको बाहिर भुइँमा उपचार गराउन बाध्य थिए ।
दोस्रो लहरमा भारत लगायत विभिन्न मुलुकमा खोप निर्माण बने पनि नेपालमा सहजै आइपुगेको थिएन । बिस्तारै खोप आयात भए पनि सबैमा खोपको पहुँच नपुग्दा धेरै संक्रमितले ज्यान गुमाएका थिए ।
यही वर्षको मध्यतिर ओमिक्रोन भाइरस देखा परे पनि त्यसले ठूलो मानवीय क्षति गरेन । अधिकांश नागरिकमा खोपको पहुँच पुगिसकेको छ । धेरै मानिसहरू गम्भीर संक्रमण हुनबाट बचेका थिए ।
सरकारले सबैलाई दोस्रो मात्रा पुर्याएर पनि बुस्टर खोपको समेत व्यवस्था गरेको छ । हालसम्म यो वर्ष मात्र २३ लाख ४७ हजार २ सय २२ जनाले बुस्टरको मात्रा लगाएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार खोप अभियान सुरु भएदेखि यो वर्षको अन्त्यसम्ममा ४ करोड ५ लाख १६ हजार २७९ मात्रा लगाइएको छ । पहिलो मात्रा १ करोड ८८ लाख ३२ हजार ४५३ र दोस्रो मात्रा १ करोड ९३ लाख ३६ हजार ६०४ जनाले लगाइसकेका छन् ।
२०७७ मा भने संक्रमणका कारण ३ हजार ५८ जनाले ज्यान गुमाएका थिए । पहिलो चरणमा सोही वर्ष २ लाख ८० हजार ९८४ मा संक्रमण पुष्टि भएको थियो । त्यसैगरी २ लाख ७४ हजार ३१८ जना संक्रमणमुक्त भएका थिए ।

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ

प्रतिक्रिया