रेणुलाई चितवनबाट जिताउन पुष्पकमल दाहाललाई गठबन्धन चाहिएको ओलीको आरोप

सुनसरी - प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय तह निर्वाचनमा सत्तारुढ पाँचदलीय गठबन्धनलाई आफ्नो पार्टी एक्लैले हराउने दाबी गरेका छन् ।
अध्यक्ष ओलीले आफ्नो पार्टीसँग भिड्न मिलेर आउन पनि सत्तारुढ पाँचदलीय गठबन्धनलाई चुनौती दिए । बुधबार सुनसरीको इनरुवामा पार्टीद्धारा आयोजित आमसभामा बोल्दै उनले जतिसुकै दल मिलेर भिडेपनि जित भने एमालेकै हुने दावी गरेका हुन् ।
उनले भने, ‘गठबन्धन गरेर कोको आउने हो । सबै मिलेर आउन । हामी एक्लै लड्न सक्छौं । एक्लै पराजित गर्न सक्छौं ।’
ओलीले आफ्नी छोरी रेणु दाहाललाई चितवनबाट जिताउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई गठबन्धन चाहिएको आरोप समेत लगाए ।
पाँच दलीय गठबन्धनलाई विचराहरु भन्दै उनले अलपत्र अवस्थामा रहेको पनि बताए । ओलीले सत्तारुढ गठबन्धन खिईदै गएको उल्लेख गर्दै नडगराई चुनावी मैदानमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।
कार्यक्रममा सुनसरी भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष समेत रहेका जसपा नेता महेन्द्रप्रसाद यादव एमाले प्रवेश गरेका थिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया