सप्तरीमा हत्या आरोपमा तीन जना पक्राउ

सप्तरी - हत्या आरोपमा सप्तरी प्रहरीले आज रुपनी गाउँपालिका–५ बसविट्टीका लालु भन्ने जयराम खंग, रामप्रवेश खंग र दीपक खंगलाई पक्राउ गरेको छ । रुपनी गाउँपालिका–५ बसविट्टीका २५ वर्षीय अन्सारुल मियाँको हत्या आरोपमा उनीहरूलाई पक्राउ गरेको सप्तरी प्रहरीले जनाएको छ ।
अपरिचित व्यक्तिले २०७८ चैत ७ गते हत्या गरेको भन्दै मृतकका बुबा ४७ वर्षीय मो. ताहिर मियाँले तत्कालै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । कर्तव्य गरी मारेर पोखरीमा फालेको अवस्थामा मृतकको शव चैत ७ गते फेला परेको थियो । शवको पोष्टमार्टम चैत ७ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भएको थियो । जिल्ला प्रहरी कार्यालयले चैत ७ गते उजुरी दर्ता गरी अनुसन्धान सुरु गरिरहेको थियो ।
शङ्कास्पद केही व्यक्तिलाई अभद्र व्यवहार र केहीलाई दैनिक हाजिरीमा राखेर अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालयले आज मात्र चार जनाविरुद्ध उजुरीसमेत दर्ता गरेको छ । जसमध्ये तीन जनालाई आज पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । रासस

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया