संस्कृतिको भारी बोकेर हिँड्यो ओम रिजालको ‘हटारु’

काठमाडौँ- लेखक ओम रिजालको तेस्रो कृति तथा पहिलो उपन्यास ‘हटारु’ सार्वजनिक भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती र सदस्य–सचिव जगत्प्रसाद उपाध्याय ‘प्रेक्षित्’ले २०७८ को अन्तिम दिन बुधबार संयुक्त रुपमा नेपाल प्रज्ञा–प्रतिष्ठानको सभाकक्षमा उपन्यास लोकार्पण गरे ।
उपन्यासबारे समीक्षा गर्दै दैलेखमै जन्मेका कवि तथा लेखक श्यामलले भने, ‘कि इतिहास लेखिएको छैन कि गलत लेखिएको छ । अब इतिहासकार दिनेशराज पन्त, राजाराम सुवेदीहरूमा मात्र दैलेख भर पर्नुपर्दैन, आम नागरिकको रोचक इतिहास लेख्ने काम हटारुमा भएको छ ।’ उपन्यासले आफूलाई विगतमा पुर्याएको भन्दै श्यामलले भने, ‘ओम रिजाल दैलेखका मात्र लेखक होइनन्, उनी दुनियाँकै लेखक हुन् । आफ्नो कथा आफैं भन्ने तरिका अब हामीले थप सिक्नुपर्छ र यता लाग्नुपर्छ ।’
समीक्षक ज्ञानु अधिकारीले हटारुले आफूलाई आद्योपान्त तानेको बताइन् । अधिकारीले भनिन्, ‘धेरैवटा तहमा व्याख्या गर्न सकिने यो उपन्यास नेपाली साहित्यको उपन्यास इतिहासमा उल्लेख्य छ ।’
प्रगतिशील लेखक संघका केन्द्रीय अध्यक्ष मधुसूदन गिरीले उपन्यासकारलाई बधाई दिँदै आगामी दिनमा उपन्यासको विहंगम चर्चा हुँदै गर्ने र लेखकले थप उत्कृष्ट कृति पनि दिँदै गर्न सक्ने सम्भावनाको प्रचुरता औँल्याए । उनले भने, ‘लोकजीवन, लैंगिक–जातीय सोपान र लोकसंस्कृतिका दृष्टिले मात्र नभई साहित्यिक दृष्टिले समेत उपन्यास विशेष पठनीय छ ।’
लेखक रिजालले भने, ‘दैलेखमा रेडियो कार्यक्रममार्फत बूढापाकाका अनुभव सुनाउँदै गर्दा तयार भएको मानसिकतालाई मैले औपन्यासिक रुप दिएको हुँ । लोप हुँदै गएको संस्कृतिलाई गैरसाहित्यिक विधामा मात्र नभएर साहित्यिक विधामा समेत प्रस्तुत गर्दा नयाँ पुस्तालाई समेत थप रोचक हुने विश्वास लिएको छु ।’
मध्यपश्चिम साहित्य परिषद्को ब्यानरमा भएको कार्यक्रममा साहित्य, इतिहास र संस्कृतिका क्षेत्रमा योगदान दिएका थुप्रै महानुभावले आफ्नो मन्तव्य राखेका थिए । उपन्यास साङग्रिला बुक्सले प्रकाशन गरेको हो ।
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_oTbgrkm4up_hnsr28vb1cycbn0gevkshinwak3zaj1dqbmtitlchmiqfjtdoog2udyn6k8u.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

प्रतिक्रिया