नयाँ वर्ष आयो, नयाँ हर्ष छायो

कविता
प्रा.जगत् उपाध्याय ‘प्रेक्षित’
००००
नयाँ वर्ष आयो, नयाँ हर्ष छायो
नयाँ जिन्दगीको बिहानी उदायो ।
छ आकाश खुल्ला छ यो चित्त चङ्गा
बगोस् जिन्दगीमा सधैँ ज्ञानगङ्गा ।।
(१)
हिमाली छ लाली, छ दङ्गै चमेली
वसन्ती हवामा सुगन्धी छ बेली ।
छ मुस्कान नौलो नयाँ बालिकामा
युवा मुस्कुरायो यही मृत्तिकामा ।।
(२)
छ जोड्नै टुटेका यहाँ भग्न चित्त
छ सामर्थ्य भर्नै यहाँ पित्तभित्र ।
छुटेका सवारी चलाई अगाडि
छ बढ्नै अझै लाख फाँडेर झाडी ।।
(३)
गरी वक्ष चौडा भुली वैरभाव
हटाएर सारा यहाँ विघ्न, ताप ।
जलाऔँ दियो आसको फेरि आज
भगाई निराशा जगाऔँ समाज ।।
(४)
निरोगी धरा यो सदा देख्न पाऔँ
सयौँ वर्ष हाँसी–खुसी रम्न पाऔँ ।
नयाँ दृष्टि बोकी रचौँ राष्ट्रगाथा
नयाँ मार्ग खन्दै चुमौँ विश्वमाथा ।।
(५)
(नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य–सचिव उपाध्यायले नयाँ वर्षको बिहान इकागजलाई पठाएका कविता । कविका अनुसार यो कविताको रचना काल र स्थान निम्नानुसार छ : २०७९ वैशाख १ गते बिहीबार बिहान ६ बजे बुढानीलकण्ठ–१२, आदर्श नगर, कपन, काठमाडौँ निवास ।)
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_oTbgrkm4up_hnsr28vb1cycbn0gevkshinwak3zaj1dqbmtitlchmiqfjtdoog2udyn6k8u.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

प्रतिक्रिया