बिहीबार २९ जेठ, २०८२
Thursday, June 12, 2025

दरबार मलमा दरबार सिनेम्याक्स सिनेमा हलको सुरुवात

काठमाडौँ- नयाँ वर्षसँगै काठमाडौँमा नयाँ सिनेमा घर थपिएको छ । QFX को व्यवस्थापनमा सन्चालन हुने दरबार सिनेम्याक्स सिनेमा हलमा २ वटा हल रहेका छन् जसमध्ये एउटामा ५० र अर्कोमा ५३ सिट रहेका छन् । हलको निर्माण गुण ग्रुपले गरेको हो । हलमा अत्याधुनिक साउण्ड सिस्टम स्क्रिन र अर्डर अनुसारको खाना वारसहितको सेवा उपलब्ध हुने गुण ग्रुपका राजेन्द्र शाक्यले जानकारी गराएका छन् । यस ग्रुपले विगत २५ वर्षदेखि गुण सिनेमा हल संचालन गर्दै आएको छ ।